एनआरएनए युके : ११ औं अधिवेशन जुलाईमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको ११औ अधिवेशन जुलाईमा हुने भएको छ । आइतबार बसेको कार्यसमितिको बैठकले संघ २०२३-२५ को कार्यसमितीको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय गरेको हो ।
बैठकले सदस्यता आबेदनको अन्तिम मिति जुन २३ लाई निर्धारण गरेको छ भने संघको ११औ अधिवेशन जुलाई १६ गर्ने निर्णय गरेको छ। बैठकले अधिवेशन मिति र कार्यसमिति निर्वाचन मितिलाई फरक-फरक दिन पारेको अध्यक्ष सुनिलवावु खडकाले बताए ।

निर्वाचन समिती : संयोजकमा ढकाल

एनआरएनए युकेको आइतवार बसेको बैठकले निर्वाचन समिती गठन गरेको छ । आगामि २०२३-२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिब चिरन्जिबी ढकाललाई नियुक्ति गरेको छ। समितिका अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एबम पत्रकार बिपिन निरौला रहेका छन। सात सदस्यीय निर्वाचन समितिमा बाँकी चार सदस्यहरु अध्यक्ष सुनिल बाबु खडकासंग सरसल्लाह गरी थप्ने अधिकार निर्वाचन समिति संयोजकलाई दिने निर्णय गरेकोछ।

गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३-२५ कार्यकालको लागी सदस्यता ड्राइभ समितीको संयोजक उपाअध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा छिट्टै नै सदस्यता ड्राइभ समिती बनाउने छ। संघका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षतामा जुममा बसेको उक्त बैठकले नयाँ सदस्यका लागि चाडै नै सार्वज्निक अपिल गर्ने बताइन्छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us