आज विवेकशील साझाको महाधिवेशन समापन गरिने

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन  आज समापन हुने भएको छ। हिजो काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सो महाधिवेशन आज समापन हुने भएको छ । 

पार्टीको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । 

पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको राजनीतिक दस्ताबेज र रमेश पौडेलले पेस गरेको प्रस्तावित विधान माथि  आज छलफल हुने मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ  । 

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। महाधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्नेछ । 

© 2022 All Right Reserved DiasporaNepal