राष्ट्रपति विद्यादेवी भण्डारी पुग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

संघीय संसद्लाई सम्बोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुग्दा काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । राष्ट्रपति भण्डारीको सवारीका लागि राष्ट्रपति कार्यालयदेखि संसद् भवनको बाटो बन्द गरिएपछि सडक अस्तव्यस्त बनेको हो ।

काठमाडौँसहित ललितपुर र भक्तपुरसम्म सवारीको लामो लाइन देखिएको छ । उता घर फर्कने सुरसारमा रहेका सर्वसाधारणहरूलाई गाडी पाउनसमेत सकस बनेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्‍ट्रपति भण्डारीले सङ्‍घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेकी हुन् । 

© 2022 All Right Reserved DiasporaNepal