आजबाट विवेकशील साझा पार्टीको महाधिवेशन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

विभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजबाट सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा  बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशन पछि विवेकशील बहु पदीय प्रणालीमा जानेछ  । 

शुक्रवारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशन शनिवारसम्म चल्नेछ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us