ऊर्जामन्त्री र राजदूत डिप्रेजबीच भेटवार्ता

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

नेपाल लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् । 

बिहीबार सिंहदरवारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपालको ऊर्जा विकाससहित आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल भएको छ । नेपालको ऊर्जासहितको विकासमा युरोपियन युनियनले सहयोग गर्ने राजदूत डिप्रेजले बताएकी छन् ।

भेटवार्तामा मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए ।

© 2022 All Right Reserved DiasporaNepal