रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन्।

उनी फागुन १ गते छिमेकी मुलुक भारत जान लागेका हुन्। मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ।

सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नियमित भ्रमणका लागि रक्षामन्त्री भारत जान लागेको बताइन्।

‘यही एजेन्डामा यही निर्णय गर्ने भन्ने छैन। दुई देशको सुरक्षासम्बन्धी नियमित बैठकमा सहभागी हुन जाँदै हुनुहुन्छ,’ शर्माले भनिन्।

रक्षामन्त्री फागुन ५ गते स्वदेश फर्किने छन्। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us