काठमाडौं महानगरले भत्कायो प्रहरी बिट

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

काठमाडौं महानगरपालिकाले मैतिदेवि चोकमा रहेको प्रहरी बिट भत्काएको छ।

सडक अतिक्रमण गरी बनाइएको संरचना हटाउने महानगरको अभियान अन्तर्गत मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट नगरप्रहरीले प्रहरीकै सहकार्यमा हटाएको हो।

महानगरीय प्रहरीका प्रमुख राजु पाण्डेका अनुसार भवन खाली गराएर हटाएको हो।

‘मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाएका हौ’, उनले भने।

© 2022 All Right Reserved DiasporaNepal