नेपाली कांग्रेसका पूर्वसांसद घलेको निधन

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ । 

मंगलबार शिक्षण अस्पताल काठमाडौंमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा उनको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । 

उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत हुन् ।

© 2022 All Right Reserved DiasporaNepal