डायस्पोराका दोस्रो पुस्ताको इन्टिग्रेसन र सहकार्यका लागि वेबिनार

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

जर्मनी । युरोपियन समाजमा नेपाली डायस्पोराको सहज इन्टिग्रेसनका लागि आइतबार वृहत्त अनलाइन वेबिनार गरेको छ । नेपाल पत्रकार महासंघ युरोपको सहकार्यमा युरोपवासी नेपालीहरुको सहज इन्टिग्रेसन र विदेशी संगको सहकार्यका लागि गैरआवासिय नेपली संघ (एनआरएनए) ले लागि खेल्नु पर्ने भुमिकाको वारेमा वेबनार गरेको हो ।
नागरिकहरु संग सहकार्य गर्नको लागि एनआरएनए जर्मनीका पुर्व अध्यक्ष डा. नवराज रोस्याराले नेपाल फ्रेन्डसिप काउन्सिलको अवधारणा प्रस्तुत गरेका गरेका थिए । उक्त अवधारणाअनुसार विदेशीहरु र नेपाली मुलका दोश्रो, तेश्रो पुस्ताका एनआरएनहरुलाई समेटेर हरेक देशमा फ्रेन्डसिप काउन्सील गठन गरिने छ। साथै, एनआरएनएको सम्वन्धित देशको राष्ट्रिय कमिटीसंग सहकार्य गरि एनआरएनहरुको सहज इन्टिग्रेसनमा र नेपालसंग सम्वन्धित बिषयहरुमा सहयोग गर्नु उक्त काउन्सिलको मुख्य उद्देश्य रहनेछ।

वेबनारमा डा. सुदर्शन तिवारीले विदेशीसंग सहकार्य सम्वन्धि आफ्ना अनुभवहरुको व्याख्या गरेका थिए । डा. सुमन पोखरेलले इयुसंगको सहकार्य कसरी आर्थिक श्रोत जुटाउन सकिन्छ भन्ने विषयमा व्याख्या गरेका थिए । विदेशी र नेपाली मुलका दोश्रो पुस्ताको तर्फवाट डा. म्याक्स हेक्सलर र डा. सिल्पा तिवारी हेक्सलरले नेपाली र युरोपियनहरु वीचको सहकार्यको आवश्यकता माथि प्रकास पारेका थिए । स्लाइड प्रिजेन्टेसनपछि प्रस्तावित अवधारणमा डा. इन्द्र हुमागाई र डा. नेत्र प्रसाद पौड्यालले प्यानलिस्टको रुपमा छलफल गरेका थिए । डा. चिरन्जिवी खड्काले वेबिनारमा उठेका वुदाहरुलाई समेटेर सारांश प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा भाग लिनको लागि एनआरएनए अन्तरराष्ट्रिय कमिटीका सवै पक्षका उम्मेदवारहरु आमन्त्रण गरिएको थियो । छोटो समयमा खवर गरिएको कारण सवै उम्मेदवारहरु उपस्थित नभए पनि अध्यक्षका उमेदवार डा. बद्रि केसी, उपाध्यक्षका उमेदवारहरु डा. हेमराज शर्मा, थर्क शेन, सचिवका उमेदवारहरु रामशरण सिम्खडा र गंगाधर गौतम, महिला कोर्डिनेटर उमेदवार संगिता मरहठ्ठा, युवा संयोजकका उम्मेदवार मिलन छन्त्याल, युरोप संयोजक उमेदवार सन्तोष भट्टराईले इन्ट्रिग्रेसन सम्वन्धि आफ्ना भनाईहरु राखेका थिए । उनीहरु निर्वाचनमा विजयी भए डायस्पोराको इन्टिग्रेसनलाई प्रमुख प्राथमिकता दिने वताए ।

इन्ट्रिग्रेसन बिषयमा निरन्तरता दिन र छलफलबाट निस्किने तथ्यहरुलाई सारांशको रुपमा एनआरएनएको ग्लोवल सम्मेलनमा प्रस्तुत गर्न डा. सुदर्शन तिवारीको संयोजकत्वमा एक कार्यदल पनि गठन गरिएको थियो । कार्यक्रम एनआरएनए जर्मनीका अध्यक्ष मिलन पन्तको अध्यक्षतामा भएको थियो भने संचालन पत्रकार महासंघ युरोपका उपाध्यक्ष तथा एनआरएनए पोर्तुगलका महासचिव राजकुमार थापा र डा. चिरन्जिवी खड्काले गरेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal