आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुनेछ।

यसअघि बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत जानकारी गराएका थिए।

यता गृह मन्त्रालय नपाउने भएपछि सरकारबाट हट्नेसम्मको कुरा गरेको रास्वपाले दुई दिनसम्म पर्खने निर्णय गरेको छ।

यसैबीच  बिहिबारै बसेको रास्वपाको बैठकले २ दिनपछि सरकारमा सहभागी हुने या नहुनेबारे ठोश निर्णय लिने निष्कर्ष निकालेको छ । 

यता अध्यक्ष प्रचण्डले रविको मुद्दाको अन्तिम टुंगो नलागेसम्म गृह मन्त्रालयमा फर्काउन नसकिने अडान लिँदै आएका छन्। तर सत्ता साझेदार दल नेकपा एमालेले भने गृह मन्त्रालय रविलाई दिनुपर्ने बताउँदै आएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us