मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र युनियनको निर्वाचन चैत ३ गते गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय गरेको छ।

माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषदको वैठकले उक्त निर्णय गरेको हो।

मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको हो।

विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियु निर्वाचन हो। विश्वविद्यालय स्थापना यता एक पटक मात्र स्ववियु संगठन बनेको थियो। अघिल्लो कार्यकालमा झक्क शाही अध्यक्ष थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us