हिरोको नयाँ स्कुटर ‘जुम’

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

भारतीय बजारमा हिरो मोटर्कर्पले नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले युवा पुस्तालक्षित नयाँ हिरो ‘जुम ११०‘ सार्वजनिक गरेको हो। 

कम्पनीले यो स्कुटरको स्टाइलिङ र बाहिरी आवरणलाई विशेष ध्यानमा राखेको पाइन्छ। स्कुटरमा स्पोर्टी लुक्स दिन एक्स-आकारको एलइडी हेडल्याम्प दिइएको छ। यो पनि कर्नरिङ लाइतसहित पाउन सकिन्छ। 

जुम ११० को सिट फराकिलो हुनुका साथै आरामदायी पनि छन्। स्कुटरमा ब्लुटुथ समर्थन गर्ने पुरै डिजिटल स्पिडोमिटर दिइएको छ। त्यस्तै यो हिरो कनेक्ट प्लेटफर्ममा आधारित छ। स्कुटरमा स्पीड अलर्ट, भेहिकल स्टार्ट अलर्ट, ट्रिप एनलाइसिस, हिरो लोकेट, जिओ फेन्स अलर्ट लगायत विशेषताहरू दिइएको छ। 

११०.९ सिसी डिस्प्लेमेन्ट रहेको हिरो जुममा एयर कुल्ड, ४ स्ट्रोक मोटर इन्जिन जडित छ। जसले ७,२५० आरपिएममा ८ एचपी पावर र ५,७५० आरपिएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ। स्कुटरमा सेल्फ-स्टार्ट र किक-स्टार्ट दुवै विकल्प पाउन सकिन्छ। 

हिरो जुममा १२ इन्चको टायर दिइएको छ। कम्पनीले यो स्कुटर बजारको लागि एलएक्स, भिएक्स र जेडएक्स गरी तीन भेरियन्टमा सार्वजनिक गरेको छ। भारतमा एलएक्सको बजार मूल्य भारु ६८ हजार पाँच सय ९९ तोकेको छ भने यसको सबैभन्दा टप भेरियन्ट जेडएक्सको मूल्य भारु ७६ हजार छ सय ९९ तोकेको छ।

भिएक्स भेरियन्टको मूल्य भने भारु ७१ हजार सात सय ९९ तोकिएको छ। हिरो जुम ११० सुन्तले रंग, कालो, रातो, निलो र सेतो गरी विभिन्न पाँच रंगमा उपलब्ध हुनेछ। 
 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us