एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्ण पोखरेलद्वारा उम्मेद्वारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

न्युयोर्क-लामो समयदेखीले एनआरएनए अभियानमा रहेर काम गरहेका एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको रूपमा कृष्ण पोखरेलले उम्मेदवारी दिने भएका छन् ।

एनआरएनए अमेरिकाको अभियानमा विगतमा लामो समयदेखी लागी परेका कृष्ण पोखरेल एनआरएन अमेरिकाको महासचिवहुँदै वरिष्ठ उपाध्यक्षसम्मको अनुभवलाई अब अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको रूपमा उम्मेदवारी दिएर पुनः यो एनआरएनए अमेरिकाको अभियानमा लाग्नेका लागी आफूलाई अगाडी सारेका छन् ।

एनआरएनए अमेरिकाको अभियानमा लागी परेका कृष्ण पोखरेल एनआरएनको अभियानभन्दा पहिल जनसम्पर्क समिति लगाएत न्युयोर्कमा रहेको रिजुयुट नेपाली सोसाइटी लगाएत विभिन्न संस्थाहरूसगं आबद्ध भएर काम गरेका थिए ।हाल नर्थ क्योरोलिनामा बसोबास गर्दे आएका कृष्ण पोखरेल त्यहाँ रहेका नेपाली सघंसंस्थाहरू लगायत अन्य सस्धामा पनि आबद्ध रहेका छन् । एनआरएनए अमेरिकालाई थप उचाइमा लग्न र आइसिसीसगंको सम्बन्धलाई बलियो बनाउनको लागी आफ्नो यो उम्मेदवारी भएको बताएका छन् । आफुनो मुख्य काम नै सबै नेपालीहरुलाई एनआरएनए अभियानमा समाहित गर्न विशेष अभियान चलाउने, एनसिसि र आसिसिबाट समन्वय गरेर संस्थालाई थप वलियो बनाउने बताए ।

अर्घखाची स्थाई भई हाल नर्थ क्योरोलिनामा बसोबास गर्दे आएका कृष्ण पोखरेल एनआरएनए अमेरिकामा विभिन्न तहमा रहेर काम गरिसेका छन् । काठमाडौंमा एमए समाजशास्त्र टीयूबाटमा अध्यायन गरेका कृष्ण लन्डनबाट एमबीए गरे भने अमेरिकन कलेजबाट वित्तीय सेवा अध्यायन गरिसकेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal