एनआरएनए सह–कोषाध्यक्षमा युकेबाट ललित न्यौपानेको उम्मेदवारी , के छन एजेण्डा ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

यूके-गैरआवासयि नेपाली संघ एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुन गैरहेको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह-कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने जनाएका छन ।

एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदमा करिब एक दशकसम्म कार्यकारी सदस्य, सहकोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेबारी सफलतापुर्बक निर्वाह गरिसकेका न्यौपानेसँग एक कार्यकाल आइसीसी सदस्य (२०१९–२०२१) पदमा रही कार्य गरेको अनुभब पनि रहेको छ ।
नेपालमा राष्ट्रिय बाणिज्य बैंकमा प्रबन्धकको जिम्मेवारी निभाएका न्यौपानेले करिब ३५ बर्ष बित्तिय क्षेत्रमा कार्य गरेको अनुभब छ । हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र क्रिप्टोकरेंसीलगायतका क्षेत्रमा ब्यबसाय संचालन गरिरहेका छन । एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् ।

पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तरास्ट्रिय स्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन बिज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लब मार्फत लगानी सम्बन्धि ज्ञानका अनुभव बाड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियासिल रहेका छन । सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन । सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक सामाजिक सहयोग गर्ने सहयोगी मनका धनिका रुपमा बेलायतमा चिनिएका छन न्यौपाने ।

बिश्व ४९ राष्ट्रभन्दा बढी राष्ट्रहरुमा संजाल रहेको अन्तरराष्ट्रिय झापाली समाजका बर्तमान उपाध्यक्ष रहेका छन न्यौपाने । संस्थाको अन्तरिक सुशासन, पारर्दर्सिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा बिसेष पहल गर्ने बिबिध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभब संघमा लगाउने उद्देस्यले एनआरएनए एनसिसीको सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । न्यौपानेले विश्वमा रहेका गैरआवासिय नेपालीलाई आफुलाई समर्थन गर्न आग्रह गरेका छन ।

© 2022 All Right Reserved DiasporaNepal