गौरी जोशीद्धारा सुदुरपश्चिम मोवाईल ब्लड बस खरीदका लागी ६ लाख सहयोग

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं-गैरआवासिय नेपाली नेपाली संघ एनआरएनएका सचिव गौरीराज जोशीले एनआरएनएको सुदुरपश्चिम प्रदेश मोबाइल ब्लड बैंक बस परियोजनामा सहयोग गरेका छन् ।

एनआरएनएको मोवाईल बस प्रोजेक्ट अन्तर्गत सुदूर पश्चिममा हस्तान्तरण गरिने बस खरीदका लागि जारी आर्थिक संकलन अभियानमा व्यक्तिगत रुपमा सचिव जोशीले ५ लाख ८४ हजार ७ सय ७८४ रुपैंया सहयोग गरेका हुन् ।

ब्लड बैंक बस नोभेम्बरको पहिलो हप्ता धनगढीमा पग्ने सिप्रदी ट्रेडीङ्गले जानकारी गराएको छ ।एनआरएनए अध्यक्ष पन्त र मोवाईल बस प्रोजेक्टका संयोजक गौरी जोशीको पहलमा एनआरएनएले दोस्रो बस सुदूरपश्चिमलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।

एनआरएनको आर्थिक संकलन अभियानका सदस्य हिक्मत थापाले मोवाईल ब्लड बस खरीदका लागि सहयोग गरेकोमा एनआरएनएका सचिव जोशीप्रति सुदुर पश्चिम प्रदेशबासीको तर्फबाट आभार व्यक्त गरे ।

जोशीले एनआरएनए भवनदेखि, शंख्खमूल पार्क हुँदै नेपालमा बाढी पहिरो, हावाहारी जस्ता विपत्तीमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
निःस्वार्थ हिसावले सामाजीक कार्य गर्दै आएका भएको जोशीले एनआरएनए भवनमा १० हजार डलर, शंख्खमूल पार्कमा ३ लाख ५० हजार, एनआरएनए मोबाइल ब्लर्ड बैंक बस परियोजनामा ६ लाख, कोभिड महामारीमा १० लाख आर्थिक सहयोग गरेका थिए । त्यस्तै, उनले चितवनमा छात्रावासाको लागि ६० लाख सहयोग गरेका थिए । चेपाङ समुदायका बालबालीकालाई निःशुल्क रुपमा पठाउँदै आएका छन् । उनले सामाजीक संघसंस्थामा आर्थिक तथा भौतीक सहयोग पुर्याउदै आएका छन् ।

हाल अमेरिकाको टेक्ससमा बस्दै आएका जोशी नेपालको चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका प्रवेश गरेका थिए । अमेरिकामै आइटीको अध्ययन पुरा गर्दै उतै आइटीको ब्यवसाय शुरु गरेका जोशी हाल आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न हुन् । सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका थिए । उनले निकै नै उदाहरणीय कार्य गरेर नेपाली समुदायको मन जित्दै आएका छन् ।

एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य रहेका हुन् । जोशी सन् २०१५ देखि एनआरएनएमा जिम्मेवारीसँगै सक्रिय भएका थिए ।
उनले सन् २०१५–२०१७ मा एनआरएनए अमेरिकाज्को क्षेत्रीय संयोजकको जिम्मेवारी पाएका थिए ।

जसको परिणाम एमआइएस सिस्टममार्फत संस्थामा अहिलेसम्मकै सबैभन्दा बढी सदस्य बन्न सफल भए भने संस्थाका पञ्चीकृत सदस्यहरुको रेकर्डदेखि सबै संरचनालाई ब्यवस्थित बनाउन सफल भए ।

एनआरएनलाई समयानुकल र प्रविधिमैत्री बनाउन उनले महत्वपूर्ण योगदान गरेका छन् । उनले भने, एनआरएन मोबाइल ब्लड बैंक बस परियोजनाको संयोजकको जिम्मेवारी समेत पाएका थिए । जोशी संयोजक रहेको मोबाइल ब्लड बैंक बस परियोजनाले विश्वभरिबाट सहयोग संकलन गरि चितवनमा पहिलो पटक एनआरएन मोबाईल ब्लड बैंक बस हस्तान्तरण गरिसकेको छ भने सुदुरपश्चिम प्रदेशमा पनि दोस्रो एनआरएनए मोबाइल ब्लड बैंक बस हस्तान्तरण गर्ने अन्तिम तयारीमा जुटेको छ।

© 2022 All Right Reserved DiasporaNepal