एनआरएनए पोर्चुगल आसिसी सदस्यमा भिमसेन, अध्यक्षमा रबिन र महासचिवमा राजकुमार विजयी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लिस्बन  । गैरआवासीय नेपाली संघ पोर्चुगलको आसिसी सदस्यमा भिमसेन थापा,अध्यक्षमा रबिन अधिकारी र महासचिवमा राजकुमार थापा चुनावी प्रतिस्पर्धामा भारी मतान्तरले  विजयी भएका छन् । भिमसेन यसअघि वरिष्ठ उपाध्यक्ष थिए भने रबिन आसिसी सदस्य थिए । राजकुमार पत्रकार हुन् ।

बुधबार राति घोषित नतिजाअनुसार उनीहरु आफ्ना प्रतिस्पर्धीलाइ ठूलो मतान्तरले पराजित गरेका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा सिता श्रेष्ठ, महिला उपाध्यक्षमा दिपा काफ्ले तथा उपाध्यक्षहरुमा उमेशकुमार खड्का र दिनेश भण्डारी निर्वाचित भएका छन् । सचिवमा रवि अर्याल र राजेश दुलाल, कोषाध्यक्षमा युवराज खनाल र सह-कोषाध्यक्षमा नविन सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै महिला संयोजक सिता ढकाल निर्वाचित भइन् ।  लेखा संयोजकमा विशाल आचार्य र युवा संयोजकमा प्रकाश अधिकारी लगायत  कार्यसमितिका सदस्यहरु  यसअघि नै निर्विरोध भएका थिए ।

१६८८ मतदाता रहेकोमा निर्वाचनमा  जम्मा १ हजार ५ मत खसेको थियो ।

© 2022 All Right Reserved DiasporaNepal