डा. बद्री केसीले अक्टोबर ५ मा औपचारिक रूपमा आफ्नो टीमसहित अध्यक्षको उम्मेदवार घोषणा गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

This image has an empty alt attribute; its file name is badri-kc-768x437.jpg

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि अक्टोबर ५ मा औपचारिक रुपमा  आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । अक्टोवरमा हुने संघको १० औं महाधिवेशन तथा विश्वसम्मेलनले नया नेतृत्व चयन गर्दैछ।

यसअघि विभिन्न मिडियामार्फत अध्यक्षमा उम्मेदवारी दिने बताएपनि डा. केसीले आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् । 

“समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान” भन्ने नारासहित सशक्त टिम निर्माण गरेका डा. केसीले आगामी मंगलबार (अक्टुबर ५) मा काठमाण्डौंमा एक पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन । पत्रकार सम्मेलन मार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्ने डा. केसीले जनाए । 

केसीले आफ्नो टिममा उपाध्यक्षका रुपमा डा. हेमराज शर्मा (युके),  महेशकुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान),  धर्मराज अधिकारी (अष्ट्रेलिया)  यसमिन बेगम सैयद (साउदी अरब) लाई अघि सारेका छन । 

युवा उपाध्यक्षमा रोसन थापा (अफ्रिका) र महासचिवमा गौरी राज जोशी (अमेरिका),  यस्तै सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूङ (जापान) चिरन्जीबी घिमिरे (क्यानाडा) महिला सचिव टिका गुरूङ (हङकङ), कोषाध्यक्षमा लोकप्रसाद दाहाल,  (बेल्जियम), महिला कोषाध्यक्ष यमुना भट्टराई (अमेरीका) लाई केसीले आफ्नो टीममा समावेश गरेका छन् ।  यसैगरी, महिला संयोजक संगिता मरहट्टा र युवा संयोजक मिलन छन्त्याल केसीको टिमबाट उम्मेदवार बनेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal