एनआरएनए युके कार्यालय उद्घाटनको तयारीमा (फोटो फिचरसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आगामी अक्टोबर १० मा आफ्नो कार्यालय औपचारिक रुपमा उद्घाटन तयारी गरेको छ । ठुलो सभा हल र बैठक कोठा भएको एनआरएनए युके कार्यालयको औपचारिक उद्घाटन मिति अक्टोबर १० तय भएपछि कार्यालयमा कुर्सि, टेवुल र सामग्रीहरु मिलाउने कार्य भैरहेको हो ।
अल्डरसटमा स्थापना गर्न लागिएको एनआरएनए युकेको कार्यालयमा पुर्व अध्यक्ष पुनम गुरुङ, एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्(आइसीसी) सहकोषाध्यक्षका उम्मेदवार ललित न्यौपानेले भ्रमण गरि सामाजिक संजालमा तस्बिर समेत हालिसकेका छन । दुई महिना अघि एनआरएनए युके अध्यक्षमा निर्वाचित भएपछि प्रेम गाहामगरले संस्थाको कार्यालय खोल्ने प्रस्तावलाई कार्यसमितिले अनुमोदन गरेको थियो । उक्त निर्णयपछि कार्यसमितिले महिना महिनामा डारेक्ट डेविट गरि भाडा तिर्ने निर्णय गरेको थियो ।
विगतमा पुर्व अध्यक्षहरुको ग्यारेजमा रहेको कार्यालयलाई पुर्व उपाध्यक्ष तथा एनआरएनए युके प्रमुख संरक्षक शेर सुनारको रेष्टुरेन्ट एउटा कोठा राखिएको थियो । यहीं महिनाबाट एनआरएनए युके अव आफ्नै कार्यालय रहने छ ।
कार्यसमितिले अव आफ्नै कार्यालयमा बैठक बस्ने, पाहुनालाई स्वागत गर्ने र एनआरआरएनए युकेले बेलायतवासी नेपालीलाई कार्यालयबाटै सेवा गर्न दिने तयारी गरेको छ । अध्यक्ष गाहामगरले कार्यालय अक्टोबर १० मा उद्घाटन गर्न लागिएको बताए । पुर्व कार्यसमितिले गाहामगरको कार्यसमितिलाई बर बुझारथ गर्न वाँकी छ ।
सन् २००३ मा युकेबाट गैर आवासीय नेपाली संघ स्थापना भएपनि एनआरएनए युकेले स्थायी रुपमा आफ्नै कार्यालय स्थापना गर्न सकेको छैन । गाहामगर नेतृत्वमा आएपछि कार्यसमितिले पहिलो प्राथमिकतामा कार्यालय स्थापनालाई राखेको थियो ।

© 2022 All Right Reserved DiasporaNepal