बेलायतबाट एनआरएनए आइसीसीमा ८ जना उम्मेदवार

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुन गइरहेको १० औं अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)मा बेलायतबाट ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिने भएका छन । संघ आइसीसी अध्यक्ष पदमा सल्लाहकार कुल आचार्यले दावेदारी प्रस्तुत गरि चुनावी मैदानमा आउने घोषणा गत साता औपचारिक रुपमै गरे सँगै संयुक्त अधिराज्य बेलायतबाट ८ जना उम्मेदवारहरु देखा परेका हुन् ।
अध्यक्ष पदका प्रत्यासी आचार्यको टिममा उनी एक्लै बेलायतबाट उम्मेदवार बनेका छन ।गत निर्वाचनमा उनी थोरै मत अन्तरले संघ अध्यक्ष कुमार पन्त सँग पराजित भएका थिए ।

अर्का अध्यक्ष पदका प्रत्यासी रसिया निवासी डा. बद्री केसीको टिममा उपाध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने भएका छन । उनी वर्तमान महासचिव हुन । उनकै टिमबाट महिला संयोजकमा संगीता मरहठ्ठा, सचिव पदमा रामशरण सिंखडाले पनि उम्मेदवारी दिदै छन । गत निर्वाचनमा उक्त पदमा मरहठ्ठा पराजित भएकी थिइन् । आइसीसी सदस्य सिंखडा भने पहिलो पटक डा. केसीको टिमबाट आइसीसी सचिव पदमा उम्मेदवारी दिन खोजेका छन । एनआरएनए युकेका संस्थापक मध्येका एक सिंखडा युकेका पुर्व राष्ट्रिय कोअर्डिनेटर थिए ।
एनआरएनए आइसीसी अध्यक्ष पदका अर्का उम्मेदवार अमेरिका निवासी रबिना थापाको टिमबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिव विनय अधिकारी चुनावी मैदानमा जाने घोषणा एक साता अघि काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका थिए । गुरुङ पुर्व आइसीसी सदस्य हुन भने अधिकारी सचिवमा पराजित उम्मेदवार हुन । उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थर्क सेन तीन वटै टिममा पर्न सकेका छैनन् । सेनले गत कार्यकालमा उपाध्यक्षमै उम्मेदवारी घोषणा गरेपनि उम्मेदवारी दर्ता गरेनन् ।
त्यस्तै, सह कोषाध्यक्षमा ललित न्यौपाने चुनावी मैदानमा उत्रिएको बताउदै आएका छन । तरपनि न्यौपाने कुनै टिममा पर्न सकेका छैनन् । एनआरएनए निर्वाचनमा युरोप क्षेत्रीय उपसंयोजकमा घोषणा गर्दै आएका आइसीसी सदस्य ललित न्यौपानेले गत साता सहकोषाध्यक्षमा उम्मेदवार बन्ने घोषणा गरेका छन ।

त्यसैगरी, युरोप क्षेत्रिय संयोजकमा हालका उपसंयोजक तिमिल्सिनाले उम्मेदवारी दिने बताएका छन । युरोप क्षेत्रिय उपसंयोजकमा दयानीधि सापकोटाले बेलायतबाट उम्मेदवारी दिने बताएका छन ।

बेलायतबाट एनआरएनए आइसीसीमा उम्मेदवार घोषणा गर्नेको नामावली
एनआरएनए आइसीसी

अध्यक्ष कुल आचार्य
उपाध्यक्ष डा. हेमराज शर्मा
उपाध्यक्ष जयप्रकाश गुरुङ
उपाध्यक्ष थर्क सेन
महिला संयोजक संगीता मरहठ्ठा
महासचिव विनय अधिकारी
सचिव रामशरण सिंखडा
सह कोषाध्यक्ष ललित न्यौपाने

युरोप क्षेत्रमा दुई उम्मेदवार

युरोप क्षेत्रीय संयोजक कृष्ण तिमिल्सिना
युरोप क्षेत्रीय उपसंयोजक दयानीधि सापकोटा

© 2022 All Right Reserved DiasporaNepal