एनआरएनए युके निवर्तमान कार्यसमितिको कार्यशैली प्रति वर्तमान कार्यसमिति समुदायमा जादै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले निवर्तमान कार्यसमितिले बर बुझारथ नगरेकोमा असन्तुष्टी जनाएको छ । निवर्तमान कार्यसमितिका अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र कोषाध्यक्ष तेजेन्द्र रोका सँग पटक पटक बर बुझारथका लागि प्रयास गरेपनि हिसाव किताब नबुझाएकोमा चर्काे असन्तुष्टी जनाएको हो ।
नव निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले वेवास्ता गरि हिसाव किताव बुझाउन नमानेपछि बुधबार पत्रकार सम्मेलन मार्फत बेलायतवासी नेपाली समुदायलाई जानकार गराउने भएको प्रवक्ता भरतमणि चोङवाङले जनाए । उनलका अनुसार पुर्व कार्यसमितिले नव निर्वाचित कार्य समितिलाई बुझबुझारथ नगरेको विषयमा सोमबार बसेको कार्य समितिको बैठकले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायलाई पत्रकार सम्मेलन गरि जानकारी गराउने निर्णय गरेको थियो ।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले बैक खाता लगायतका हिसाव किताब हस्तान्तरण नगर्दा कार्यसमितिलाई काम गर्न अप्ठ्यारो परेको जनाए । उनले सबै सँग हातेमालो गर्ने आफ्नो प्रयासलाई निवर्तमान कार्यसमितिले कमजोरी ठानेको भन्दै असन्तुष्टी व्यक्त गरे । अध्यक्ष गाहामगरका अनुसार पत्रकार सम्मेलनमा निवर्तमान समितिले वर्तमान कार्यसमितिलाई हस्तान्तरण गर्नुपर्ने दायित्व तथा जिम्मेवारी हस्तान्तरण नगरेको विषयमा नेपाली समुदायलाई जानकारी गराउनु पर्ने स्थिति आएको छ । ‘एनआरएनए युकेको नाममा धेरै बैक खाताहरु संचालनमा रहेका र संघको करिव २ लाख पाउण्ड भन्दा बढी नगद बचत भएकोमा सो हस्तान्तरण गर्न आनाकानी गरिएको र संघको अन्य सम्पत्ति तथा कागजातहरु समेत हस्तान्तरण गरिएको छैन’, उनले भने ।

एनआरएन युकेमा २०१९ मा भएको निर्वाचन ताका भएको आर्थिक अनियमितताका बिषयमा बेलायतको अदालतमा मुद्दा चलिरहेको छ । गत अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनले गाहामगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको थियो । नवनिर्वाचित कार्य समितिले पदभार ग्रहण गरी काम गरिरहेको भएपनि पूनम गुरुङ नेतृत्वको निवर्तमान कार्यसमितिले बुझवुझारथ गरेको छैन ।

© 2022 All Right Reserved DiasporaNepal