संरक्षक परिषद् बैठक : डेलिगेट्स विवाद समाधान गर्न क्षेत्रीय संयोजकहरुलाई पाँच दिनको समय

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) डेलिगेट्स (केन्द्रिय प्रतिनिधि) विवाद क्षेत्रीय संयोजकहरुको जिम्मा पुगेको छ । संघका हालै बसेको संरक्षक परिषद्को भर्चुअल बैठकले पाँच दिन भित्र सहमतिमा विवाद समाधान गरि प्रतिवेदन पेश गर्ने गरि क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी दिएको हो ।

एनआरएनए स्रोतका अनुसार संघका पुर्व अध्यक्षहरु रहेको संरक्षक परिषद्ले वर्तमान अध्यक्ष कुमार पन्तसँग छलफल गरि विवाद समाधानका लागि काम गरिरहेको छ । पाँच दिन भित्र विवाद समाधान गर्न नसके संरक्षक परिषद्ले डेलिगेट्स विवाद समाधानका लागि थप कदम लिने एक जना परिषद्का सदस्यले बताए ।
आगामी अक्टोबर २० मा संघको अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन गर्ने तयारी भैरहेको बेला डेलिगेट्स छनौट प्रक्रियामा संस्थापन पक्षले एकलौटी गरेको उजुरी गैरआवासीय नेपाली संघ मै आवद्ध व्यक्तिहरुले हालेपछि परराष्ट्रले संघ अध्यक्ष कुमार पन्तलाई विवाद समाधानका लागि पहल गर्न अनुरोध गरेको थियो । साथै परराष्ट्रले विवाद समाधान नगरि संघका निर्वाचन प्रक्रिया रोक्ने निर्देशन समेत दिइसकेको छ । जसका कारण प्रस्तावित मितिमा निर्वाचन हुने वा नहुने बारेमा अन्योल यथावत छ ।
यसअघि संघको आइइएस बैठकले मुख्य गरि चार वटा मुलुकको डेलिगेट्स विवाद समाधानका लागि पहल गरेको थियो । जसमा अष्ट्रेलिया र अमेरिकाको विवाद समाधानका लागि उपाध्यक्ष मन केसी र बेलायत तथा जापानको विवाद समाधानका लागि कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मेवारी तोकेको थियो । दुवै जना विवाद समाधानका लागि असफल भएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal