गैरआवासीय नेपाली संघले भूकम्पपीडितलाई राहत सामग्री सहयोग

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघले डोटीका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा संघले पीडितलाई राहत सामग्री वितरण गरेको हो । 

गत कार्तिक २३ गते खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किँदा ६ जनाको मृत्यु र ८ जना घाइते भएका थिए । यसैगरी  कयौँ घरपरिवार प्रभावित भएको बताइएको छ । 

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको संघले जनाएको छ । 

© 2022 All Right Reserved DiasporaNepal