एनआरएनए अध्यक्ष पदमा कुल आचार्यको उम्मेदवारी घोषणा आइतबार

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौ – गैर आवासीय नेपाली संघको निर्वाचनका लागि कुल आचार्य प्यानलले आइतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको छ । आचार्य प्यानलले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएको हो ।

‘पद्धति र पादर्शीता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ नारासहित उम्मेदवारी घोषणा गरिन लागिएको जनाइएको छ । पत्रकार सम्मेलन दिउँसो १ बजे याक एण्ड यति होटलमा राखिएको हो । घोषणासभा मार्फत अध्यक्षमा आचार्यसहित अन्य पदका उम्मेदवारहरुले पनि सँगै उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।

यसअघि नेपाली कांग्रेसले एनआरएनएको निर्वाचनमा आचार्य टिमलाई समर्थन गर्ने निर्णय गरेको थियो । गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा नेतृत्वका लागि आचार्यसँगै रविना थापा र डा बद्री केसीले चुनाव लड्ने घोषणा गर्नु भएको छ । थापाले बिहीबार मात्रै औपचारिक उम्मेदवारी घोषणा गरिसकेकी छिन् । यद्वपी उपाध्यक्ष डा. बद्री केसीले भने औपचारिक उम्मेदवारी घोषणा गरिसक्नु भएको छैन ।

© 2022 All Right Reserved DiasporaNepal