एनआरएनए कतार र राजदूत ढकालबीच छलफल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), कतारको टोलीले राजदूतसँग शिष्टाचार भेट गरेको छ ।

नवगठित एनआरएनए एनसीसीका अध्यक्ष सुरेश भट्टको नेतृत्वको टोलीले कार्यालयमै पुगेर राजदूत डाक्टर नरेशविक्रम ढकालसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा राजदूत ढकालसँग कतारमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरणबारे छलफल भएको अध्यक्ष भट्टले बताए ।

आगामी दिनमा नेपाली राजदूतावास परिवार र गैरआवासीय नेपाली संघबीच श्रमिकका समस्या, नेपाली समाजको श्रीवृद्धि र देश विकासका लागि चाहिने नवीनतम नीति निर्माण कार्यमा एकआपसमा समन्वय गरि अघि बढ्ने संकल्पसमेत भएको उनको भनाइ छ ।

राजदूत ढकालले नवगठित एनआरएनए, एनसीसी कतारको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

एनआरएनएको टोलीले पनि राजदूत ढकालको कार्यकाल सफलताको शुभकामना दिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal