मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

मलेसियाले आप्रवासी श्रमिकहरूलाई अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ।

मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक ल्याउन रोक लगाएको थियो।

आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय मानव संशाधन मन्त्रालयले गरेको हो।

यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने उल्लेख गरेको थियो। मलेसियाले संशोधित रोजगार ऐन १९५५ कार्यान्वयन ल्याउने भन्दै मात्रपत्र स्वीकृति दिएको थिएन।

मलेसिया नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक हो। पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) पुर्‍याएको छ। यसले गर्दा अझ आकर्षण बढेको छ।

पछिल्लो समय साउदी अरबलगायत अन्य खाडी मुलुक गएका नेपाली युवाहरू पनि फर्किएर मलेसिया जाने सुरसारमा छन्।

कोरोनाभाइरस महामारीका कारण मलेसियाले लामो समय नेपालीलगायत आप्रवासी श्रमिक प्रवेशमा कडाइ गरेको थियो। जसकारण गत आर्थिक वर्षमा धेरै नेपालीहरू मलेसिया जान सकेनन्। १५ हजारभन्दा बढी युवाहरू मलेसिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।

यो वर्ष भने मलेसिया जाने नेपालीको संख्या उल्लेख्य बढ्ने अनुमान गरिएको छ। मलेसियाले अस्थायी रूपमा प्रतिबन्ध लगाउँदा पनि ठूलो असर  पर्ने व्यवसायीहरूको गुनासो थियो। कामदार लैजान खुला गर्ने निर्णय भएसँगै अब नेपाली श्रमिकलाई फाइदा पुग्ने व्यवसायी बताउँछन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us