एकीकृत समाजवादीको प्रवास कमिटीले तोक्यो जिम्मेवारी बाँडफाँड

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा (एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा  प्रवास समन्वय कमिटीका संयोजक श्रीप्रसाद शाहको अध्यक्षता तथा महासचिव डा बेदुराम भुसालको प्रमुख आतिथ्यमा बसेको भर्चुअल  बैठकले सचिवालय गठन तथा जिम्मेवारी तोकेको हो।

बैठकले श्रीप्रसाद शाहको संयोजकत्वमा सचिवालय गठन गरेको छ। १६ सदस्यीय सचिवालयमा सुवास पोखरेल (जर्मनी),भीम कार्की (अमेरिका), राजकुमार बस्नेत (अस्ट्रेलिया), ध्रुव सुवेदी (अस्ट्रेलिया), रामहरी गैरे (कतार) तथा सागर रिजाल (जापान) रहेका छन्। 

त्यसैगरी सचिवालयका अन्य सदस्यहरूमा शेरबहादुर परियार (पोल्याण्ड), टीबी कार्की (कतार), भानुभक्त पोखरेल (नेपाल), सीता खरेल (अमेरिका), शुभराज बमजन (दक्षिण कोरिया),दोर्ण सिलवाल (जापान), उमेश मोक्तान (बेलायत), बाला घिमीरे (अमेरिका), गणेश कुँवर (अमेरिका) रहेका छन्।

त्यसैगरी बैठकले बिभिन्न ११ विभागहरूको समेत गठन गरेको छ। सुवास पोखरेल स्कुल ,ध्रुव सुवेदी संगठन , शेरबहादुर परियार प्रचार ,टीबी कार्की आर्थिक, सीता खरेल महिला, गणेश कुँवर पर्यटन, दोर्ण सिलवाल संघ संस्था समन्वय , बाला घिमीरे समाज कल्याण तथा विपत व्यवस्थापन, राजु मानन्धर युवा तथा खेलकुद, सुशिल क्षेत्री कला तथा संस्कृति,श्रम तथा रोजगार राजु गुरुङ प्रमुख तथा सबै  विभागका ७ सदस्यीय रहेका समिति गठन गरेको छ।

त्यसैगरी बैठकले नरेश श्रेष्ठ (कतार) संयोजक तथा कृष्ण खड्का (जापान),चेतनाथ भट्टराई (अमेरिका), मोहम्मद मुख्तदा मुसलमान (कतार),भरत पन्त (अमेरिका) सदस्य रहेको सल्लाहकार परिषद गठन गरेको छ। त्यसैगरी चेतनाथ घिमिरे (अमेरिका) संयोजक तथा राजेन्द्र भट्टराई (जापान), पदम गिरी (कतार) सदस्य रहेको अनुशासन आयोग र हरि लामिछाने (अष्ट्रेलिया) संयोजक तथा दिनेश राज ज्ञवाली (जापान), सतिश रेग्मी (कतार) सदस्य रहेको लेखा आयोग गठन गरेको छ।

लोकतन्त्र र संविधान माथि हमला भएकाले विद्रोह गर्नु पर्यो : महासचिव भुसाल 
बैठकलाई सम्वोधन गर्दै महासचिव डा भुसालले केपी ओलीले लोकतन्त्र र संविधान माथि हमला गरेका कारण विद्रोह गर्नु परेको बताए । ओलीले नेपाली जनताले धेरै संघर्ष र मेहनत गरेर बनाएको संविधान च्यात्ने,भारतीय जासुसलाई बालुवाटारमै बोलाएर वामपन्थीको लगभग दुई तिहाइ संख्या रहेको संसद विघटनको दृश्य अदृश्य चलखेल तथा राजावादीसँगको व्यवस्था नै उल्ट्याउने साँठगाँठका बिरूद्ध हामी सडकमा आउनु पर्ने अनिवार्य बाध्यता भएको बताए। 

लोकतन्त्र तथा गणतन्त्रको विरुद्धका र पक्षधरताको बीचको लडाई नै आजको मुख्य अन्तरविरोध हो, तसर्थ आगामी निर्वाचनबाट हाम्रो पार्टी एकीकृत समाजवादीले आफ्नो दर्बिलो हैसियत प्राप्त गर्नु अनिवार्य छ। पार्टी आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएको छ तसर्थ प्रवासमा रहेका समाजवादी आन्दोलनका तपाई यात्रीहरूको सल्लाह, सुझाव र सहयोगको पार्टीले अपेक्षा गरेको महासचिव डा भुसालले बताए। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us