एनआरएनएमा सिइओ विवाद टुंगियो, तलब, भत्ता कटौती हुने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

महासचिव जोशीद्धारा क्षमा याचना

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको सिइओ विवाद टुंगिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आइतवार सम्पन्न पदाधिकारी बैठकमा संघका महासचिव गौरीराज जोशीले सिइओ नियुक्तिमा संघको नियमावली विपरित भएको भन्दै क्षमायाचना गरे पछि सो विवाद अन्त्य भएको हो ।
बैठकले संघको नियमावली विपरित भएको सिईओ नियुक्तिलाई सच्चाएर नियमावली अनुरुप पुर्नरनियुक्ती गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले संघको साधारणसभा आगामी अक्टोवर ९ देखी ११ सम्म काठमाण्डौंमा गर्ने निर्णय गरेको छ । बैठकले संघका क्षेत्रीय सम्मेलनमा हुने आर्थिक गतिविधिहरुलाई संघको सचिवालय मार्फत गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार संघका पूर्वअध्यक्ष शेष घले समूहलाई समेटेर लैजना ११ जनाको वार्ता समिति गठन गरिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal