एनआरएनए मिडिया टाक्स फोर्स गठन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ ।

प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके,) दधि सापकोटा (फ्रान्स,) हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष चिरन शर्मा दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ । समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरनजिवी खड्काले जानकारी दिए ।

सो समितिमा बेलायतबाट पत्रकारहरु फडिन्द्र भट्टराई, बिपिन निरौला, श्याम लुइटेल र नरेन्द्र बस्नेत रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal