एनआरएनए युकेको बार्षिक साधारण सभा अबैधानिक भएकाले उपस्थित नहुन बहुमत कार्यसमितिको अनुरोध

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैरआवासीय नेपाली सघ (एनआरएनए) युकेका बहुमत पदाधिकारीहरुले शनिवार हुन लागेको बार्षिक साधारण सभामा उपस्थित नहुन समुदायका अगुवाहरुलाई आग्रह गरेका छन । कार्यसमितिलाई वेवास्ता गर्दै एनआरएनए अध्यक्ष प्रेम गाहा मगरले एकलौटी ढंगले बार्षिक साधारण सभा गर्न खोजेकोले उक्त कार्यक्रममा कार्यसमितिको पुर्ण संलग्नता नरहेको जनाएको हो ।
कार्यसमितिका रहेका पदाधिकारीहरुसहित २४ जनाले शुक्रबार साँझ विज्ञप्ती जारी गरि भोली ६ अगष्टमा आयोजना हुने संघ संस्था प्रतिनिधी सभा (बार्षिक साधारण सभा) गैर आवासीय नेपाली संघ युकेको कार्यक्रम नभएको स्पष्ट पारेको छ । विज्ञप्तीमा एनआरएनए युकेको आधिकारीक कार्यक्रम नभएको हुनाले यसले गरेका कुनै पनि निर्णय स्वीकार्य नहुने विज्ञप्तीमा उल्लेख छ । बार्षिक साधारण सभामा बहुमत पदाधिकारी तथा सदस्यहरु शनिवारको कार्यक्रममा अनुपस्थित हुने जनाएका छन् ।

बिज्ञप्ती जस्ताको तस्तै

गैरआवासीय नेपाली संघ युकेका हामी पदाधिकारी तथा शदस्यहरु गैर आवासीय नेपाली संघ युकेमा हालै मात्र विकसित भएका घटनाहरुका सम्बन्धमा आफना धारणाहरु जानकारी गराउन चाहान्छौ ।

१. गैर आवासीय नेपाली संघ युकेले अन्तराष्ट्रिय समन्नवय परिषद आईसीसीसंग एमओयु गर्ने, सदस्यता बापतको रकम तिर्ने तथा छुट्टै विधान अधिबेशन गर्ने सम्बन्धमा मिति २४ जुलाई २०२२ मा भएको कार्य समितीको बैठकले गरेको निर्णय र निर्णय पछि आईसीसीमा सदस्यता बापतको शुल्क पठाएको विषयलाई हामि स्वागत गर्दछौ ।

२. गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युके यसको विधानको धारा ५.३ अनुसार अन्तराष्ट्रिय समन्वय परिषदको मातहतमा रहने हुदा गैर आवासिय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद संग समन्वय गर्नु पर्छ भन्ने कुरामा अटल विश्वास राख्दछौ । अन्तराष्ट्रिय समन्वय परिषद ९आईसिसी० को अस्तित्वलाई उसैको मातहतमा रहेको निकाय (एनसीसी)ले अस्वीकार गर्न खोज्नु मुर्खता सिवाय केही होइन भन्ने कुरामा हामी पुर्ण रुपमा सजग छौ ।

३. राष्ट्रिय समन्वय परिषद युके एउटा पद्दत्तीले चल्ने संस्था हो । यसको कार्यकारिणी निकाय भनेको कार्य समिती हो । कार्य समितीका पदाधिकारीहरु र सदस्यहरुको सामुहिक निर्णय नै राष्ट्रिय समन्वय परिषदको निर्णय हो । सामुहिक निर्णय प्रकृयामा सबै पदाधिकारी तथा सदस्यहरुको समान हैसियत हुने कुरा विधानको धारा १९.१.५ ले स्पष्ट पारेको छ । उक्त धारामा कुनै बिषयमा छलफल गर्दा मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिने भन्ने उल्लेख छ । यसबाट के स्पष्ट बुझिन्छ भने कार्य समितीले कुनै बिषयमा निर्णय लिदा पदाधिकारी र शदस्यहरुको मतका आधारमा निर्णय गर्नु पर्दछ । मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षले कुनै निर्णय दिनु नपर्ने र बहुमतको निर्णय नै निर्णायक हुने भन्ने नै हो ।

विधानको स्पष्ट ब्याबस्थाका बाबजुद राष्ट्रिय समन्वय परिषद युकेका अध्यक्ष प्रेम गाहा मगरले कार्य समितीका पदाधिकारी तथा शदस्यहरुको अभिमतलाई अस्वीकार गर्ने नमान्ने, कार्य समितीमा भएको निर्णयलाई पनि नमान्ने, कार्यसमितीको बहुमत शदस्यहरुको निर्णायक विचार र अभिमतलाई अस्वीकार गर्ने कार्यबाट गैर आवासिय नेपाली संघ युके पुर्ण रुपमा घाईते भएको छ ।

४. गैर आवासीय नेपाली संघ युकेको ६ अगष्टमा आयोजना हुने संघ संस्था प्रतिनिधी सभा (बार्षिक साधारण सभा) को आयोजनाका समग्र पक्षमा कार्य समितीलाई निर्णय गर्न नदिइएको, यस सभामा प्रस्तुत गर्ने बिषयहरु, सहभागी हुने ब्याक्ति तथा सदस्यहरु तथा निमन्त्रणा गर्ने ब्याक्तिहरुका सम्बन्धमा समेत कार्य समितीका पदाधिकारी तथा सदस्यहरुको धारणाले कुनै स्थान पाउन सकेन । कार्यक्रममा बेलायतमा रहेका सम्पुर्ण संघ संस्था तथा नेपाली दाजुभाई तथा दिदी बहिनीहरु तथा पन्जिकृत शदस्यहरु तथा संस्थाको विभिन्न पदमा निर्वाचित ब्याक्तिहरुलाई समान हैसियतमा बोलाउने तथा सहभागी हुने अवसर दिने कार्यमा प्रतिबन्ध गरिएको छ । गैर आवासीय नेपालीहरुको पवित्र संस्थामा आपसमा हिँसा प्रतिहिँसा प्रोत्साहन हुने तथा घृणा उत्पन्ने गरी अध्यक्ष ज्युबाटै अभिब्यक्ति आएको छ र सोही अनुसार उपस्थिती र कार्यक्रम डिजाइन गरिएको छ । यसमा कार्य समितीको कुनै भुमिका नरहेको कुरा स्पष्ट पार्न चाहान्छौ

५. संघ संस्था प्रतिनिधी सभा (बार्षिक साधारण सभा) को कार्यक्रममा गैर आवासीय नेपाली संघको उपल्लो निकाय आईसीसीलाई अस्वीकार गरी आईसीसीका युकेमा रहेका पदाधिकारीहरुलाई र हामी संगै निर्वाचित भएका गैर आवासीय नेपाली संघ युकेका आईसीसी सदस्यहरुलाई कार्यक्रममा प्रतिबन्ध गरिएको प्रति हामी गम्भिर भएका छौ । कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका पन्जिकृत सदस्यहरु तथा संघ संस्था प्रतिनिधी सभामा सहभागी हुनु पर्ने प्रतिनिधीहरु तथा गैर आवासीय नेपाली संघका अभियान्ता शुभचिन्तकहरुलाई सम्मान पुर्वक कार्यक्रममा सहभागी हुने अवसर दिईएको छैन । कार्यक्रमको विवरण यसको खाका र यहा प्रस्तुत गरिने बिषय बस्तुहरु कार्यसमितीको सहमति वा निर्णयका आधारमा तय गरिएका होइनन् ।

६. अतः गैर आवासीय नेपाली संघ युकेको ३३ सदस्यीय कार्य समितीका तत्काल उपलब्ध (बहुमत) पदाधिकारी तथा सदस्यहरुले भोली ६ अगष्टमा आयोजना हुने संघ संस्था प्रतिनिधी सभा (बार्षिक साधारण सभा)

(क) गैर आवासीय नेपाली संघ युकेको कार्यक्रम होइन भन्ने कुरा जानकारी गराउन चाहान्छौ ।

(ख) गैर आवासीय नेपाली संघ युकेको आधिकारीक कार्यक्रम नभएको हुनाले यसले गरेका कुनै पनि निर्णय गैर आवासीय नेपाली संघ युकेका लागि स्वीकार्य तथा मान्य नहुने कुरा जानकारी गराउन चाहान्छौ ।

(ग) हामी यस्तो अनाधिकार रुपमा आयोजित गैर जिम्मेबार गतिविधी हरु हुने यो कार्यत्रममा हामी अनुपस्थित हुने कुरा जानकारी गराउन चाहान्छौ ।

© 2022 All Right Reserved DiasporaNepal