रवि किरण एनआरएनए प्रमुख कार्यकारी निर्देशकमा नियुक्त

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन – गत वैशाख देखि रिक्त गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा रवि किरण अधिकारी नियुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यका अनुसार संघद्धारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघले शुक्रवार नियुक्ति दिएको हो ।

संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समय देखि खालि हुदा काम पेन्डिङमा रहेको अब अघि बढ्ने बताए । उनले भने ‘काम धेरै बाँकी छन् , धेरै अलमल गर्ने समय थिएन् त्यसैले आजैबाट संघको कार्यालय सम्माल्ले गरि नियुक्ति दिएका छौं’ ।

प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।

मासिक करिब २ लाख तलव, गाडी र भत्ता सहितको सो आर्कषक पदको लागि राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल), बन्दना शर्मा र रवि किरणले अन्तरवार्तामा सहभागी भएका थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिश गरेको थियो ।

सिइओ छनोट समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा। बद्री केसी, महासचिवद्वय डा। केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ थिए।

यस्तै विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।

© 2022 All Right Reserved DiasporaNepal