डेलिगेट्स विवाद नेतृत्वले समाधान गर्न नसके संरक्षक परिषद्ले गर्नुपर्छ : उपाध्यक्षका उम्मेदवार सुनिल शाह

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पुर्व अध्यक्ष तथा अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) उपाध्यक्ष पदका उम्मेदवार सुनिल शाह चुनावी दौडमा गत शुक्रबार बेलायत आइपुगेका  छन । ठुला एनसीसी मध्येको एक एनआरएनए युकेमा एक सय ८० भन्दा बढी डेलिगेट्स छन । निर्वाचनमा महत्वपुर्ण प्रभाव पार्न सक्ने देश बेलायतको भ्रमणका क्रममा उनी सँग एनआरएनए निर्वाचन, बेलायती भोटर सँग उनको अपेक्षा, परराष्ट्र मन्त्रालयमा पुगेको डेलिगेट्स विवाद र नीजि भेटघाटलगायतका समसामायिक बिषयमा बेलायत भ्रमणमा रहँदा डायस्पोरानेपाल डटकमका लागि श्याम लुईटेलले गरेको कुराकानी :


एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनमा भाग लिन बेलायत आउनु भएको हो ?
शाह : एनआरएनए आइसीसी हेल्थ कमिटिको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनमा भाग लिन आएको हु । आइसीसीको निर्वाचनमा उपाध्यक्षको पदको उम्मेदवार भएकाले यहाँका साथीहरु सँग पनि मेरो उम्मेदवारीका विषयमा सल्लाह र सुझाब पनि लिए ।  
उपाध्यक्ष पदमा निर्वाचित हुनलाई बेलायतमा कस कसलाई भेटनु भयो ? कस्तो सहयोगको आश्वासन पाउनु भयो ?
शाह : शुक्रबारबाट भेट्घाट गरे । अध्यक्ष प्रेम गाहामगर, निवर्तमान अध्यक्ष पुनम गुरुङ, पुर्वअध्यक्ष साथीहरु, आइसीसी सल्लाहकार, आईसीसी सदस्य राजेन्द्र पुडासैनी, नेपाली दुतावासमा पनि केही साथीहरुलाई भेटने मौका पाए । डा. हेमराज शर्मा र पत्रकार साथीहरुसहित केही डेलिगेट्सहरु सँग भेटघाट गर्ने मौका पाए । सबैबाट सकारात्मक सहयोगको आश्वासन पाएको छु । यो भ्रमणले मेरो जितलाई थप सुनिश्चित बनाएको महशुस गरेको छु ।
बेलायतका डेलिगेट्सहरुले उपाध्यक्ष पदका उम्मेदवार सुनिल शाहलाई किन भोट दिने ?

शाह : म एनआरएनएको स्थापना कालदेखि लागेको व्यक्ति हुं । नेपालबाट बिभिन्नि कारणले विदेशमा बसेका नेपालीहरुका समस्या पहिचान गरि नीति बनाइ दिने र समाधानका लागि नेपाल सरकार, विदेशस्थित दुतावासहरु, अमेरिकी, बेलायत सरकारलगायतका एनआरएनए भएका मुलुकहरुमा पहल कदमी लिने काम गर्नु पर्छ । मैले विगतमा अमेरिकाको एनआरएनए चलाउँदा पाएको अनुभव त्यहाँ महिला, युथ, विद्यार्थीहरुका लागि गरिएका कामहरु विश्वभर लागु गर्नु पर्छ । त्यसले एनआरएनएलाई समक्ष संस्थाका रुपमा विकास गर्छ भन्ने मलाई लाग्छ । त्यो काम गर्न मलाई यहाँहरुले उपाध्यक्ष पदमा भोट गरि जिताउनु पर्छ भनेको छु ।
सुनिल शाहलाई भोट दिदा के परिवर्तन आउँछ एनआरएनएमा ?
शाह : संस्थामा जोडन विश्वासको वातावरण हुनु पर्छ । एनआरएनए आफ्ैमा कुनै काम गर्ने होइन । एनआरएनएले लगानी नीति, कर, द्धैध नागरिकता, पैत्तिक सम्पत्तिका बिषय, खाडीमा अलपत्र परेका व्यक्तिहरुलाई उद्दार, बिभिन्नि कारणले मृत्यु भएकाहरुका व्यक्तिहरुका लासलाई विना झन्झट निशुल्क रुपमा नेपाल पठाउने व्यवस्था, जीवन बिमा, स्वास्थ्य सम्बन्धी बिषयहरु नीतिगत तहमा काम गर्ने र सजिलो बनाउनु पर्छ भन्ने नै मेरो पहिलो प्राथमिकता हो । मलाई भोट दिएर जिताउँदा ति योजनाहरु एनआरएनएमा लागु हुन्छन् ।
प्रसंग बदलौ, डेलिगेट्सको विवाद कसरी समाधान गर्न सकिन्छ ?
शाह : आइसीसी (प्रतिनिधि) डेलिगेट्सको समस्या खासै देखेको छैन । हाल म कमिटिको कुनै पोजिसनमा छैन । डेलिगेट्सको समस्या विधान अनुसार अघि बढेर समाधान गर्नुपर्छ । विधान मान्ने वा नमान्ने बिषय हुन सक्दैन । विधान मान्दिन भन्ने अधिकार कसैलाई छैन । जुनसुकै संस्थामा विधान सर्वाेसर्वा हुन्छ । त्यसलाई मान्नै पर्छ । प्रक्रियागत रुपमा केही त्रुटी भएको छ भने समय दिएर मिलाउन सकिन्छ । तर त्यसको नाममा निर्वाचन सार्ने काम मान्ने छैन । विधानलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।
एनआरएनए अमेरिका पनि पटक पटक विवाद भएर अदालतमा पुगेको थियो ? ति विवाद कसरी समाधान भएका थिए ?
शाह : अमेरिकामा ४ पटक मुद्दा परेको हो । चारै पटक मुद्दा दिने मान्छेले हार्नु पर्याे किनभने हामी विधान अनुसार चलेका थियौ । अदालत जाने अधिकार सबैको भएपनि अमेरिकाको अदालतले पनि विधान हेरेर फैशला गरेको थियो । जहिले पनि सत्यको जित हुन्छ । अमेरिकामा पनि त्यहीं भएको हो ।

डेलिगेट्सको विवाद मिलाउन कसले बढी भुमिका निर्वाह गर्नु पर्ला ?
शाह : संस्थामा व्यक्ति कहिल्यै हावी हुनु हुदैन । परराष्ट्रमा जान पाइन्छ । तरपनि परराष्ट्रले हेर्ने पनि विधि विधान नै हो । परराष्ट्र कुनै व्यक्ति होइन । परराष्ट्र हामी सबैको आधिकारिक संस्था हो । जुनसुकै संस्थामा पनि संरक्षकहरु हुन्छन । एनआरएनएमा विवाद भएपछि संरक्षकहरुले पहल कदमी लिएर समस्याका समाधान गरिदिनु पर्छ । म त त्यहाँ पनि पुग्नु पर्दैन भन्छु, अहिलेको नेतृत्वले नै समस्या समाधान गर्नुपर्छ । समस्या आएपछि नेतृत्वले प्रक्रियागत रुपमा कमिकमजोरी छ भने सुधार गर्नुपर्छ र समस्या समाधान गर्नु पर्छ । एनआरएनए नेतृत्वले कर्मचारी जस्तो ९ ५ को कर्मचारीले जस्तो काम गर्ने होइन । सरोकारवाला सँग छलफल गरेर विधानको परिधिमा बसेर निकास निकाल्नु पर्छ ।

आगामी अक्टोबर २० मा निर्वाचनको प्रस्तावित मिति आएको छ ? कति दिनमा डेलिगेट्स समस्या समाधान गर्नु पर्ला ?
शाह : चुनाव सार्ने कुरा कसैले गरेका छैनन् । परराष्ट्रले पनि चाडै समस्या समाधान गर्न खोजेको छ । त्यस्ता समस्याले निर्वाचन पर सर्ने अवस्था चाहि मैले देखेको छैन । निर्धारित मितिमै निर्वाचन हुनुपर्छ ।

© 2022 All Right Reserved DiasporaNepal