युरोप उपसंयोजकमा डा. रोस्याराको उम्मेदवारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


जर्मन । डा. नवराज रोस्याराले गैर आवासीय नेपाली संघ (एनआरएनए)को १० औं अन्तरराष्ट्रिय महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने भएका छन । एनआरएनए जर्मनीको पुर्व अध्यक्ष रोस्यारा युरोप क्षेत्रीय उपसंयोजकका प्रत्यासी बन्दै चुनावी मैदानमा उत्रिन लागेका हुन् ।
युरोप क्षेत्रमा वस्ने नेपालीहरुको इन्ट्रिग्रेसन, दोश्रो र तेश्रो पुस्ताका नेपालीलाई एनआरएनए मार्फत युरोपियन नेपाली समाज निर्माणमा सहभागी गराउने उद्देश्यका एजेण्डा राखेर डा. रोस्यारा चुनावी मैदानमा आएका छन । ‘दोस्रो र तेस्रो पुस्ताका हाम्रा छोरा-छोरीहरु लागि आवश्यक युरोपियन नेपाली समाजको निर्माण कसरी गर्न सकिन्छ ? भन्ने मुख्य एजेण्डा लिएर संघको १० औं महाधिवेशनमा युरोप क्षेत्रबाट निर्वाचनमा होमिन लागिएको छु,’ उनले भने ।
एनआरएनए जर्मनीको नेतृत्व गरिसकेका डा. रोस्याराले एनआरएनए अभियान मार्फत देखिने गरि नेपाली समुदायको हितमा काम गर्न चाहेको बताए । उनले एनआरएनएको इन्ट्रिग्रेसन सम्वन्धि मुद्दालाई निर्वाचनतामा स्थापित गराउने जानकारी समेत दिए । विदेशमा जन्मिएका नेपालीलाई एनआरएनए मार्फत एकीकृत गर्न निर्वाचनलाई माध्यम बनाएको जनाए । ‘मिश्रित समाज निर्माण गर्ने अभिभारा पुरा गर्न एनआरएनएले विदेशी सँगको सहकार्यलाई प्राथमिकता दिनु पर्दछ’, उनले भने । आफ्नो एजेण्डालाई युरोपवासी नेपालीको समर्थन रहने उनको विश्वास छ ।

© 2022 All Right Reserved DiasporaNepal