न्यूजिल्यान्डका नेपाली अभियन्ता डा अधिकारी  सिभिक अवार्डबाट सम्मानित

४ वर्षs अगाडि

डायस्पोरा नेपाल

न्यूजिल्यान्डका एकजना नेपाली अभियन्ता डा रमिल अधिकारी अपर हट सिटी काउन्सिलको सिभिक अवार्डबाट सम्मानित भएका छन् ।  बिहीबार आयोजित विशेष समारोहमा स्थानीय मेयरले डा. अधिकारीलाई स्वयंसेवाको प्रतिष्ठित सिभिक अवार्ड प्रदान गरेका हुन् । उनलाई मेडल र सर्टिफिकेटसहित सम्मान गरियो ।  

सिभिक अवार्डस् समुदाय वा कुनै संस्थाको हितका लागि स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गरिन्छ । सामुदायिक सेवा, कला संस्कृति, शिक्षा, स्वास्थ्य, वातावरण, युवा लक्षित गतिविधि आदिमा उल्लेखनीय स्वयंसेवा गरेकालाई प्रदान गरिने उक्त अवार्ड स्थानीय तहमा प्रतिष्ठित मानिन्छ ।  

सिभिक अवार्ड पाएपछि डा. अधिकारीले आफ्नो समाजसेवाका लागि थप प्रेरणा मिलेको बताए ।  अमेरिकी लेखिका हेलेन केलरको भनाइ उधृत गर्दै उनले भने, ‘म एक्लो व्यक्ति हुँ, सबै गर्न सक्दिन तर म केही गर्न सक्छु । म एक्लै सबै गर्न सक्दिन भनेर मैले गर्न सक्ने केही गर्न चाहिं अस्वीकार गर्दिन ।’  

पब्लिक हेल्थ एसोसिएसन वेलिङ्टनका अध्यक्ष अधिकारीले कोभिड महामारीका बेला वेलिङ्टनस्थित स्वास्थ्य मन्त्रालयको सल्लाहकारका रुपमा कोभिड भाइरस रेस्पोन्स र परीक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  

ह्वाइट रिबन एम्बासडर उनी जस्टिस अफ पिसमा समेत आवद्ध छन् ।
न्यूजिल्यान्डका लागि नेपाल सरकारको पर्यटन दूत समेत रहेका अधिकारी एनआरएनए न्यूजिल्यान्डका सल्लाहकार एवं गीतकार पनि हुन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us