झण्डै एक बर्षपछि एनआरएनए युकेले आइसीसीलाई बुझायो रकम

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सदस्यता शुल्कबापत अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई बुझाउनुपर्ने रकम बिहिबार पठाएको जनाएको छ। एनआरएनए यूकेका उपाध्यक्ष नारायण दत्त कंडेल र आइसीसी महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेलबिच एमओयुमा हस्ताक्षर भएलगत्तै आइसीसीको खातामा रकम पठाएको हो ।
एनआरएनए युके कोषाध्यक्ष विष्णु खरेल मार्फत विहीबार आइसीसीको खातामा ४६ हजार ८ सय १५ डलर (३९ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स) जम्मा गराइएको थियो ।
आइसीसीले बेलायतका ११ हजार तीन सय ६३ सदस्यहरुको लागि ५ डलरका दरले जम्मा ५६ हजार ८ सय १५ डलर बुझाउन भन्दै एनआरएनए यूकेलाई ‘इन्भोइस’ पठाएको थियो। जसमध्ये आइसीसीबाट एनसीसी यूकेले लिनुपर्ने १० हजार डलर कटाएर बाँकी रकम पठाइएको बताइन्छ।

एनआरनए यूकेका अध्यक्ष प्रेम गाहामगर अहिले आइसीसीलाई शुल्क पठाउन नहुने अडानमा रहेको भएपनि गत आइतबार सम्पन्न कार्यसमिति बैठकमा बहुमतले निर्णय गराएर रकम बताइएको छ ।
पछिल्लो समय ४८ घण्टा भित्र आइसीसीबाट सदस्यता बापत बुझाउनु पर्ने शुल्क नबुझाए बर्खास्त गर्नेसम्मको कारवाहीको चेतावनी दिइएको थियो।

© 2022 All Right Reserved DiasporaNepal