एनआरएनए चेक रिपब्लिकको ‘तेश्रो एनआरएनए लिग’ सम्पन्न

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

एनआरएनए चेक रिपब्लिकको ‘तेश्रो एनआरएनए लिग’ सम्पन्न भएको छ । चेक रिपब्लिकको बर्नो सहरमा चेकका विभिन्न शहरहरुबाट सहभागी दश फुटबल टिम र तीन भलिबल टिमको सहभागीतामा आइतबार ‘तेस्रो एनआरएनए लिग’ खेल सम्पन्न भएको हो । भलिबल अन्तर्गत ‘गुल्मी मुसिकोट टिमले जित हासिल गर्दा बुद्ध टिम, प्राग फस्ट रनर अप हुन सफल भयो । प्रथम र द्वितीय टिमलाई ट्रफी र मेडल संगै ४ हजार र १ हजार चेकको पुरस्कार प्रदान गरिएको थियो । गण्डकी हिरोले सान्त्वना पुरस्कार हासिल गरेको थियो ।
त्यसैगरी, अन्नपुर्ण फुटबल क्लब बर्नो, पोखरा फुटबल क्लब बर्नो, डाँफे फुटबल क्लव प्राग, बुद्ध फुटबल क्बल प्राग, फ्रेन्डस फुटबल क्बल ए र बि कादन, रोयल नेपाल फुटबल क्बल ए र बि क्लसटेरिक, जंगे फुटबल क्लब म्लाडा बोभिस्लभ र प्रिलोय्क फुटबल क्लब पार्दुविस्से गरि १० टिमबाट पहिलो हुदै अन्तपुर्ण फुटबल क्लब बर्नोले उपाधि हात पारेको थियो ।

पहिलो टिमलाई ८ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको थियो । सेमिफाइनलमा पुगेका चार टिम अन्नपुर्ण, डाँफे, फेन्ड्स ए र जंगे मध्येबाट डाँफे फुटबल क्लब प्रागले फस्ट रनर अप भएर ४ हजार नगदसहित ट्रफि र मेडल पाएको थियो ।
एनसीसी अध्यक्ष यदुराम पन्थि, पुर्व अध्यक्ष तथा आइसीसी सदस्य छत्र अधिकारीलगायतले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
भलिबल तर्फ राम रायमाझीले उत्कृष्ट खेलाडी र जय गुरुङले म्यान अफ द म्याचको उपाधि पाए । फुटबल तर्फ उत्कृष्ट खेलाडीको उपाधी आशिष लिम्बु, धेरै स्कोरको उपाधी तेन्जिङ गुरुङ र उत्कृष्ट किपरको उपाधी भिमसेन लामिछानेले जित्न सफल भएका थिए ।

प्रतियोगिताको रेफ्री संजय कार्कीले संयोजनकारी भुमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा व्यवस्थापनका लागि बर्नोस्थित पोखरा, अन्नपुर्ण, हिमालय, नेपाल, जोम्सोम, बुद्ध र सरगम रेस्टुरेन्टका व्यबसायी तथा त्यहाँ कार्यरत नेपालीले सहयोग गरेको प्रवक्ता उत्तम आचार्यले जानकारी गराए । त्यसवाहेक पनि द काठमाडौं रेस्टुरेन्ट, नमस्ते हिमालय, साङ्ग्रिल्ला पार्दुबिस्से, बुद्ध पिल्सेन, दरबार, स्वागत, गेटवे अफ इन्डिया र ताजमहलले पनि सहयोग गरेको आयोजकले बतायो । त्यस्तै, छबि कंडेल, भुवनलाल श्रेष्ठ, दिपक थापा, अनिस रौनियारलगायतले पनि प्रत्यक्ष सहयोग गरेको आयोजकले जानकारी दिएको छ ।

चेक कार्यसमितिले हरेक वर्ष आयोजना गर्ने उक्त लिगको संयोजनको मुख्य जिम्मा वुमन कोअर्डिनेटर पवित्रा थापामगर, युवा उपाध्यक्ष राम्बो जिसी, युवा संयोजक सुजन देवकोटा र सहसंयोजक दिल बहादुर बलले लिएका थिए । त्यसैगरी रेफ्रीहरु क्रमशस् संजय कार्की, डानियल र पेलिकनले प्रतियोगिता संचालनका लागि सहयोग गरेका थिए ।

एनसीसी अध्यक्ष यदुराम पन्थीले सम्पूर्ण खेलाडी, सहयोगी चन्दादाताहरु र सहभागीलाई धन्यबाद दिए । उनले आगामी दिनमा अझ राम्रो कार्यक्रम गर्न संयोजनकारी भुमिका निर्वाह गर्न सबैलाई आग्रह गरे । पन्थीले स्थानीय नेपाली सँग सहकार्य अझ बढाउने प्रतिवद्धता जनाए ।

© 2022 All Right Reserved DiasporaNepal