एनआरएनए युकेद्वारा च्यारिटी मार्फत २८ हजार पाउण्ड संकलन (फोटो फिचरसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको नव निर्वाचित कार्यसमितिले च्यारिटि कार्यक्रम मार्फत करिब २८ हजार पाउण्ड संकलन गरेको छ । उक्त रकम महिला तथा युवा सशक्तिकरण लगायतका सामाजिक कार्यमा खर्च गर्ने एनआरएन युकेले जनाएको छ। संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीको प्रमुख अतिथ्यतामा उक्त च्यारिटि डिनर  आयोजना गरिएको थियो।

च्यारिटि डिनरमा प्रमुख अतिथिका रुपमा उपस्थिति राजदुत रेग्मीले एनआरएनए युके र च्यारिटिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले राजदुतावास र एनआरएनए युकेले यस्ता रचनात्मक कार्यलाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरे । राजदुत रेग्मीले स्टेजमा एक जना ८० बर्षिय बृद्धाले रेलिमाई गीत गाउने स्वास्थ्यको दृष्टिकोणले प्ररणादायी भएकाले एनआरएनएको स्वास्थ्य सम्मेलनले खोजीको बिषय बनाएर अध्ययन गर्नु सुझाब दिए ।

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले च्यारिटि डिनरबाट उठेको रकमको सही ठाउँमा प्रयोग गर्ने जानकारी दिए । उनले च्यारिटिको रकम पारदर्शी  रुपमा मिडियाबाट सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एनआरएनए युके प्रमुख संरक्षक शेर सुनारले च्यारिटि जस्तो सामाजिक कार्यको सुरुवात गरेकोमा खशी व्यक्त गरे । च्यारिटि काममा पुन्य कर्म गर्न सिकाउने आफ्नै आमा प्रति भावुक हुदै संरक्षक सुनारले भने, “यो पुन्य कार्यमा सहयोग वा दान गर्ने सबैलाई गैरआवासीय नेपाली संघ युकेले सम्झिरहने छ ।” उनले यो च्यारिटि कार्यक्रम सुरुवात भएकाले एनआरएनए युकेको नेपाल हाउस ड्रिम पुरा गर्ने विश्वास लिएको बताए ।

च्यारिटि डिनरमा संघ आइसीसीमा उपाध्यक्षका उम्मेदवार तथा एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष सुनिल शाह र अर्का उपाध्यक्षका उम्मेदवार थर्क सेनले एनआरएनए युकेले च्यारिटी जस्तो पबित्र काम गरेकोमा धन्यबाद दिदै आफुलाई उपाध्यक्षमा बिजयी गराउन अपिल गरे।

त्यसगरी सहकोषाध्यक्षका उम्मेद्वार  ललित न्यौपाने, युरोप क्षेत्रका उपसंयोजक पदका उम्मेदवारद्वय दयानीधि सापकोटा र भीमलाल केसीले समेत सम्बोधन गरेका थिए।
अध्यक्षका उम्मेदवार बद्री केसी, कुल आचार्य र रबिना थापा, महासचिवका उम्मेदवार गौरी जोशी, सचिवका उम्मेदवार प्रविन गुरुङ, महिला कोअर्डिनेटर  जुनु गुरुङ, युवा उपाध्यक्ष राजु रेग्मी, युथ उपाध्यक्ष हिमाल गुरुङ, युरोप संयोजक चिन्तामणि सापकोटा, महिला सचिव राधिका गुरुङ लगायतले भिडियो तथा अनलाइन मार्फत शुभकामना दिएका थिए।

च्यारिटि विभागका संयोजक एबम् उपाध्यक्ष गोविन्द खरेलले  सहयोगी मनहरुलाई संस्थाका तर्फबाट धन्यवाद व्यक्त गरे ।

महिला उपाध्यक्ष सकुन्तला गुरुङले च्यारिटिमा सहभागी सबैलाई स्वागत गरेकी थिइन । अर्का उपाध्यक्ष नारायण कंडेलले च्यारिटि डिनरको हलको फायर सिस्टमका बारेमा जानकारी गराएका थिए । पहिलो सत्रमामा एनआएनए युके महासचिव खुशी लिम्बुले कार्यक्रम संचालन गरेका थिए भने दोस्रो सत्रमा सुस्मिता थापाले गरेकी थिइन । कार्यक्रममा सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।

तस्बिरहरु : सुरेश परियार
© 2022 All Right Reserved DiasporaNepal