प्रतिपक्षको अवरोधको बिचमा प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

५ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भदौ २६ गते संसदमा पेश गरेको विनियोजन विधेयक पास भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधकाबीच सोमबारको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

योसँगै भदौ ३० गतेदेखि खर्चबिहीन भएको सरकारले प्रतिस्थापन विधेयकअनुसार खर्च गर्ने अधिकार पाएको छ ।

तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते ल्याएको बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले संसदमा १६ खर्ब ३२ अर्बको बजेट पेश गरेका थिए ।

मन्त्रालयगत बजेट छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए ।

त्यस्तै सभामुख सापकोटाले सुवालको खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले खर्च कटौतीको प्रस्ताव फिर्ता नलिएपछि खर्च कटौतीको प्रस्ताव निणायार्थ प्रस्तुत गरिएकोमा बहुमतले अस्वीकृत भएको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us