वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउन एनआरएनए बीच समझदारी पत्रमा हस्ताक्षर

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाबीच आज ललितपुरस्थित हिमालय होटलमा आयोजित एक कार्यक्रममा सो सहमति भएको संघका प्रवक्ता सोम सापकोटाले बताए । सो पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कायकारी निर्देशक कपिल मणि ज्ञवाली र संघका अध्यक्षहरु डा. बद्री केसी, रविना थापा, कुल आचार्य र वैदेशिक रोजगार राहत कोषका संयोजक आरके शर्माको हस्ताक्षर रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal