पुर्व गोर्खाका मुद्दामा नेताहरु सँग अन्तरक्रिया

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका पूर्वमन्त्री र सांसदहरुसंग एक अन्तरक्रिया गरेको छ ।
शुक्रबार सांझ अल्डरसटस्थित आफ्नै कार्यालयमा पूर्वमन्त्रीहरु डा मिनेन्द्र रिजाल र सुरेन्द्र पाण्डे तथा सांसदहरु प्रमिला राई, जयकुमार राईलगायत नेतासंग अन्तरक्रिया भएको हो ।

भूतपूर्व गोर्खा मुद्दा र एनआरएनए नागरिकता केन्द्रित उक्त कार्यक्रममा पूर्व मन्त्री र सांसदहरुले प्रवासमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण मिलाउन, उनीहरुलाई आवश्यक सुविधा दिन र गोर्खा मुद्दा समाधानमा दत्तचित्त भएर लाग्ने आश्वासन दिए ।

कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भूतपूर्व गोर्खा मुद्दामा नेपाली कांग्रेसकासभापति प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक पहल र प्रतिवद्धता व्यक्त गरेको स्मरण गर्दै योविषय गम्भीर रुपमा टुंग्याउनुपर्ने बताए । रिजालले नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेकाले त्यो पारित हुनेमा ढुक्क हुन आग्रह गरे।

‘हामीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार रहने भनेर संविधानमालेख्यौं तर कानून नियमले संकुचित गर्न खोज्यौं’( उनले भने, ‘केही साथीहरु संविधानमा लेखिएकाकुरा अहिले तलमाथि गर्न खोजेर विधेयक अड्किइरहेको छ ।’

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भूतपूर्व गोर्खा मुद्दा समाधान गर्न सहज नभएपनि समाधानन गरि नहुने भएकाले बेलायत सरकारलाई तीव्र दवाव दिइरहन आवश्यक रहेको बताए । नेता पाण्डेले गोर्खा मुद्दामा ऐक्यवद्धता जनाउंदै आफूहरु नेपाल फर्किएर परराष्ट्रमन्त्री नारायणखड्कालाई भेटी यसबारे थप झकझकाउने आश्वासन दिए ।

पाण्डेले नेपालको संविधानले प्रदत्त गरेको गैर आवासीय नागरिकता दिने सवालमा खास समस्यानभएको तर वंशजको नागरिकता दिन्छौं भन्न नसकिने बताए । उनले एनआरएनए नागरिकता विधेयकपारित हुने बताए । ‘तपाईंहरु नेपाल नगएपनि बुद्धि र पैसा नेपाल पठाउनुस्, यहां पार्टीगत गुटउपगुट वा जुलुस धर्ना गरेरनबस्नुस्’, पाण्डेले सुझाए, ‘बरु बेलायती संसदमा नेपाली प्रतिनिधित्व हुने वातावरण मिलाउन सकेहाम्रा कुरा सधैं संसदमा राख्न सकिन्छ ।’

कार्यक्रमका अध्यक्ष तथा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले नेताहरुसंग भूतपूर्व गोर्खा मुद्दासमाधानमा पहल र संसदमा विचाराधिन गैर आवासीय नेपाली नागरिकता विधेयक पारित गर्नपहलका लागि जोड दिए ।

एनआरएनए यूके उपाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा सांसदहरु पदम गिरी, जयकुमार राई, श्याम श्रेष्ठ, रामबाबु यादव, प्रमिला राई, एनआरएनए यूके प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई लगायतले पनि सम्वोधन गरे ।

© 2022 All Right Reserved DiasporaNepal