एनआरएनए प्रतिनिधि र काठमाडौ महानगरपालिका मेयर बीच भेटवार्ता

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधि मण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। काठमाडौँ महानगरपालिकाको मेयर कक्षमा भएको भेटघाटको क्रममा गैरआवासीय नेपाली संघले काठमाडौँ महानगरपालिका संग सहकार्य गरी काठमाडौ महानगरपालिकाको स्तर उन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए त्यस्तै गत वर्ष नै टेण्डर आव्हान गरि बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् । त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएका थिए ।

संघ उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताएका छन् । भेटको क्रममा मेयर शाहले काठमाडौंको कला-संस्कृति,सम्पदा लाई विश्व सञ्जालमा चिनाउनको निमित्त गैरआवासीय नेपाली संघलाई आग्रह गरेका छन्
त्यस्तै ‘कुकुर तिहार’लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गर्नुभएको थियो । संघले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न काठमाडौं महानगरपालिका सकारात्मक रहेको बताएका छन् ।

उक्त भेटघाट कार्यक्रममा युरोपका क्षेत्रीय संयोजक चिंतामणि सापकोटा, युरोपका युवा संयोजक रमेश काफ्ले, आईसीसी सदस्य प्रदीप न्यौपाने लगायतका अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

© 2022 All Right Reserved DiasporaNepal