गैर आवासीय नेपाली संघ युके : ६ अगष्टमा बार्षिक साधारण सभा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


गैर आवासीय नेपाली संघ युकेले आगामी ६ अगष्टमा बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ । वर्तमान कार्य समितीले पदभार ग्रहण गरेको ठिक १ बर्ष पुगेको दिन उक्त साधारण सभाको आयोजना गर्न लागिएको हो । वर्तमान कार्य समिती निर्वाचित भएर गत बर्षको ६ अगष्टमा पुरानो कार्य समितीबाट पदभार लिएको थियो । 

सामान्यतया यस अगाडीका कार्य समितीहरुले साधारण सभाको आयोजना गर्ने प्रचलन थिएन । बरु संघ संस्था प्रतिनिधी सभाको मात्र आयोजना गरिन्थ्यो । यस पटक संघ संस्थाका प्रतिनिधीहरुका अलावा गैर आवासीय नेपाली संघका पन्जिकृत सदस्यहरुलाई समेत बोलाएर साधारण सभा (अधिबेशन) आयोजना गर्न लागिएको छ । कार्य समिती जहिले पनि संघका सदस्यहरु प्रति उत्तरदायी हुनु पर्दछ अतः हामिले पन्जिकृत सदस्यहरु र बेलायतमा रहेको नेपाली संघ संस्था, ब्यापारी बुद्धीजिवीहरु तथा समाजका प्रबृद्ध बर्गलाई राखेर हामी यस अवधिमा गरेका कार्यहरुलाई प्रस्तुत गर्ने तथा आगामी कार्यदिशाका लागी उहाहरु बाटै सर सल्लाह लिने निती अनुरुप यसरी साधारण सभाको बोलाइएको हो । गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले भने । 

साधारण सभामा कार्य समितीको प्रतिबेदन, आर्थिक प्रतिबेदन, विधान तथा नितीगत विषयमा छलफल गरिने छ । अध्यक्ष प्रेम गाहा मगरका अनुसार साधारण सभामा गैर आवासीय नेपालीहरुका सरोकारको बिषयहरुमा विज्ञहरुलाई बोलाएर विषयगत छलफल गराईने छ । यसका लागि गैर आवासीय नेपाली संघ युकेले आफ्नो तयारी सुरु गरिसकेको कुरा अध्यक्ष गाहा मगरले जनाएका छन् ।

© 2022 All Right Reserved DiasporaNepal