नेपालको समृद्धिमा एनआरएनए सहयोगी

३ वर्षs अगाडि

धर्मराज अधिकारी

झण्डै ३० बर्षअघि नेपालमा प्रजातन्त्र स्थापनाका लागि मैले सघर्ष गर्दा शरीर गोली लागेको थियो । आलो रगत लिएर हामी प्रहरीबाट गिरफ्तार हुनबाट जोगिदैै प्रजातन्त्र स्थापनाका लागि लागिरह्यौं । प्रजातन्त्र स्थापना गर्ने सघर्षको मैदानलाई छाडेनौ । म र म जस्तै हजारौं जनता पंचायति शासनका विरुद्ध सडकमा आएपछि तानाशाही सरकार झुक्यो । पंचायत ढल्यो अनि नेपालमा प्रजातन्त्र स्थापना भयो । जसको नेतृत्व काग्रेस र वाम मोर्चाले गरेका थिए । विद्यार्थी कालमै नेपालमा प्रजातन्त्र, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताका लागि हामीले गरेको आन्दोलनले मुर्त रुप पायो ।
तर, आर्थिक रुपमा नेपालको उन्नती हुन सकेन । आफ्नै आर्थिक अवस्थामा थप सवल बनाउन म पनि अष्ट्रेलिया आए । यहाँ करीव दुई दशकदेखि वसोवास गरिरहेको छु । यसविचमा मेरो सामाजिक वा पारिवारिक जीवनमा परिवर्तन भए पनि नेपालमा आर्थिक समृद्धि हुन सकेन । यसमा म धेरै चिन्ति छु । अष्ट्रेलिया बसेर पनि नेपालमा लागि केही गरौं भन्ने मनमा हुटहुटी लागिरहन्छ । व्यक्तिगत रुपमा नेपालमा केही गरे पनि सामुहिक रुपमा लगानी गर्न पाए, आफ्नो जन्मभुमी राम्रो हुन्थियो भन्ने लाग्छ ।
यो अभियानलाई गैर आवासीय नेपाली संघ मार्फत अघि बढाउने सोच मैले बनाएको छु । विदेशमा बस्ने हामी नेपाली वा नेपाललाई माया गर्ने नयाँ पुस्तालाई व्यवसायमा प्रात्ेसाहन गर्न “एक घर, एक लगानी अन्तगर्त साना लगानीको अवधारणा अघि सारेको छु । यसले एकातिर रोजगारी सिर्जना हुने अर्काेतिर विश्वका जुनसुकै मुलुकमा रोजगारीमा जाने नेपाली युवा वा युवतीहरुले राम्रो ज्ञान लिएर सुरक्षित रोजगारीमा जान के गर्नु पर्छ भनेर सजिलै थाहा पाउँछन । यस कार्यमा नेपाल सरकारसँग एनआरएनएले सहकार्य गर्नुपर्छ । जसले राम्रो नीति तर्जुमा गर्न सकोस र सुरक्षित वैदेशिक रोजगारीको विकास होस । विदेशमा गएर कुनै नेपाली अलपत्र नपरुन । कसैको विचल्ली परेको खबर हामीले सुन्नु नपरोस । राम्रो काम गरेको मात्र सुन्न पाइयोस ।


नेपाली नागरिकता हाम्रो पहिचान


हामी जहाँ पुगे पनि एक पटकको नेपाली सधैको नेपाली भन्ने नारा नै लिएर अघि बढेका छौ । नेपाली सँग कला, संस्कृति, भाषा हामीले लिएका आएका छौ । त्यो परम्परा र संस्कृतिलाई हाम्रा विदेशमा जन्मिएका नयाँ पुस्तालाई सिकाउने तथा यहाँ विदेशमा नेपालीले सिकेका ज्ञान, सीपलाई नेपालमा लैजाने मेरो सोच छ । जुन एनआरएनए मार्फत सजिलै लैजान सकिन्छ भन्ने दृढ विश्वास लिएको छु । जसले समृद्ध नेपाल बनाउने महाअभियानमा गैर आवासीय नेपालीले नेपाली सँगै हातेमालो गर्नेछन ।
यो अभियानमा नेपाल सरकारले विदेशमा जन्मिएका नेपालीहरुलाई पनि पुर्ण नागरिकताको अधिकार दिएर सहयोग गर्नुपर्छ । जसले आधुनिक प्रविधि, कृर्षि र सीप नेपाल भित्र्याउन सहयोग हुनेछ । विदेशमा हुने नेपालीले नेपालमा निर्वाचित हुने प्रतिनिधि छान्ने गरि व्यवस्था गर्नु पर्छ । विश्वभर नेपाल सरकारले स्थापना गरेका दुतावास मार्फत मतदान गर्ने व्यवस्थाका गर्नु पर्ने कारणका बारेमा सरकार सँग एनआरएनएले थप लविङ गर्नेछ । एनआरएनए मार्फत गरिदै आएको सामाजिक अभियान भुकम्पमा सहयोग, बाढी पीडितलाई सहयोग, नाकावन्दीको विरोधमा कुटनीतिक विरोध जस्ता कार्य विगतका हामीले आ आफ्नो ठाउँबाट गरेका थियौ । आगामी दिनमा पनि यस्ता कार्यलाई जारी राखिनेछ ।

एनआरएनएमा नि:शुल्क सदस्यता र नि:शुल्क उम्मेदवारी

एनआरएनएलाई समयानुकुल परिवर्तन गर्न जरुरी भएर प्रविधि मैत्री बनाउँदै लगिएको छ । सामाजिक मन भएका जो कोही पनि गैर आवासीय संघमा आएर काम गर्न सक्ने अवस्था सिर्जना गर्न निशुल्क उम्मेदवारी र निशुल्क सदस्यता वितरण कार्यलाई लागु गर्न पहल गर्नेछु । विदेशमा अध्ययनका लागि आएका भाई तथा वहिनीहरु अझै पनि एनआरएनएको अभियानबाट टाढा रहेका छन । उनीहरुलाई एनआरएनएको अभियानलाई जोड्न ठोस पहल गर्नुपर्छ । त्यसवाहेक विश्वभर छरिएर बसेका बिभिन्न क्षेत्रका विज्ञहरु समेटि एक एनआरएनए भित्र छट्टुै प्राज्ञिक १० व्यक्तिहरुको छट्टुै सरंचना निर्माण गर्नु पर्छ । (लेखक अधिकारी १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका उम्मेदवार हुन्)

© 2022 All Right Reserved DiasporaNepal