एनआरएनए युकेको कार्यालय अल्डरसटमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले केही दिनमा आफ्नो कार्यालय संचालनमा ल्याउने भएको छ । बेलायतको अल्डरसटमा भाडामा लिइएको कार्यालयको साँचो अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र युवा संयोजक तिर्थ मल्ल (अनिल)ले बुझि सम्झौता पत्रमा हस्ताक्षर गरेपछि एनआरएनए युकेको कार्यालय संचालनमा आउने भएको हो ।
विगतमा एनआरएनए युके प्रमुख संरक्षक शेर सुनारको रेष्टुरेन्ट एउटा कोठा र व्यक्तिहरुको घरमा सम्पर्क कार्यालय रहेको एनआरएनए युके अव आफ्नै कार्यालय रहने छ । अध्यक्षका गाहामगर निर्वाचित भएपछि पहिलो बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा कार्यसमितिका अध्यक्षदेखि सदस्यसम्म सबैले महिनामा कम्तिमा २० पाउण्ड सहयोग गर्ने सर्वसम्मत निर्णय भएको थियो । उक्त निर्णयका आधारमा अध्यक्ष गाहामगर, उपाध्यक्ष शुनिल खड्का, कोषाध्यक्ष विष्णु खरेल र प्रवक्ता भरतमणि चोङवाङले कार्यालय स्थापनाका लागि काम गर्दै आएका थिए ।
‘नव निर्वाचित कार्यसमितिले अव आफ्नै कार्यालयमा बैठक बस्ने, पाहुनालाई स्वागत गर्ने र एनआरआरएनए युकेले बेलायतवासी नेपालीलाई कार्यालयबाटै सेवा गर्न पाउँने भएकोछ,, अध्यक्ष गाहामगरले खुसी हुदै डायस्पोरानेपाल सँग भने । निवर्तमान कार्यसमितिले गाहामगरको कार्यसमितिलाई बर बुझारथ गर्न वाँकी छ । गाहामगरले एनआरएनए युकेको कार्यालय एक साता भित्रै तयार गर्ने गरि काम गरिरहेको जानकारी समेत दिए ।
सन् २००३ मा युकेबाट गैर आवासीय नेपाली संघ स्थापना भएपनि एनआरएनए युकेले आफ्नै कार्यालय स्थापना गर्न सकेको थिएन । गाहामगर नेतृत्वमा आएपछि कार्यसमितिले पहिलो प्राथमिकतामा कार्यालय स्थापनालाई राखेको थियो ।

© 2022 All Right Reserved DiasporaNepal