एनआरएन

एमओयु गरेपछि मात्रै एनआरएनएमा पैसा पठाइने छ: अध्यक्ष गाहामगर  

लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी)  संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन्।  जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित ‘फेसबुक लाइभ’ मा बोल्दै गाहा मगरले एनआरएनए युके बेलायतकोकानून अनुसार च्यारिटीको रुपमा दर्ता गरिएको बताए।  “उहाँहरुले तर्साएर पैसा माग्ने काम गर्नु  भएको छ। तरप्रक्रिया न पुराएर कुनै पनि लेभी रिलिज हुंदैन,” उनले भने। अध्यक्ष गाहा मगरले अध्यक्ष कुमार पन्तले आफुलाई लेखेको व्यक्तिगत इमेल ११,६६३ जना पन्जिक्रीतसदस्यलाई पठाएर आफ्नो अपमान गरेको बताए ।  “मेरो सोलिसिटरले ३ पेज लामो पत्र ड्राफ्ट गरेका छन्, मैलेआइसीओ (Information Commissioner’s Office) मा  रिपोर्ट गर्दै छु । कामचलाउ अध्यक्ष पन्त रमहासचिव हेम राज शर्मा विरुद्ध हामीले मुद्दा दायर गर्ने छौं,” उनले भने ।  उनले म्याद सिद्धेको कार्य समितिलाई यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए ।  अन्तरक्रियामा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम तथाएनसीसी जापानका अध्यक्ष राजन प्रधानांगले आफुहरुले प्रक्रिया पुरा गरेर मात्रै पैसा पठाउने र केन्द्रियसचिवालयको धम्कीबाट नतर्सने बताएका थिए।

रसिया र युक्रेन बिच भइरहेको युद्ध क्षेत्रमा नेपालीहरुको उद्दारमा खटिएका गैरआवासीय नेपाली संघका अभियन्ताहरु

तस्बिरहरु : सन्तोष भट्टराई

सदस्यता शुल्क एनआरएनएमा पठाउन अमेरिकाबाट निर्वाचित आइसीसी सदस्यहरुको माग

अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीमा अमेरिकाबाट निर्वाचित सबै सात जना आइसीसी सदस्यले तत्काल सदस्यता शुल्क केन्द्रमा पठाउन एनआरएनए अमेरिका सँग माग गरेका छन् । साथै, एनआरएनए आइसीसीले शुल्क नपठाए

एनआरएनए यूकेलाई सात आइसीसी सदस्यहरुद्वारा सदस्यता शुल्क केन्द्रमा पठाउन आग्रह

लण्डन। गैरआवासीय नेपाली संघ(एनआरएनए) आइसीसीमा बेलायतबाट निर्वाचित सबै सात जना आइसीसी सदस्यले तत्काल सदस्यता शुल्क केन्द्रमा पठाउन एनआरएनए यूकेसँग माग गरेका छन् । साथै एनआरएनएआइसीसीले शुल्क नपठाए खारेजी गर्ने भन्दै

एनआरएनए युकेलाई पंजीकृत सदस्यहरुले बुझाएको पैसा रोक्ने अधिकार छैन

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा हामी उत्रिदा राष्ट्रिय समन्वय समिति (एनसीसी) युके र अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी)लाई रकम तिर्ने गरि पंजीकृत सदस्यहरुले अनलाइनमा फारम भरेका थिए । सदस्यता ड्राइभ

 एनआरएनए चार एनसीसीहरुलाई कारवाही गर्ने निर्णय सच्याउन कुल आचार्यको अपिल

काठमाडौँ –  गैर आवासीय नेपाली संघका सल्लाहकार तथा केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले संस्थाको विधान, परम्परा र नियमावली विपरित २ मार्च २०२२ मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसी बैठकले संस्थालाई

गैरआवासीय नेपाली संघ अध्यक्ष पन्तको एनसीसी युकेलाई रकम दाखिला गर्न अन्तिम पत्र

लण्डन । गैर आवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद, युकेका अध्यक्ष प्रेम गाहा मगरलाई पंजिकृत सदस्यता शुल्कका लागि पत्राचार गरेको छ । २०२१–२३ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद् युकेका ११३६३

रुस–युक्रेन युद्धबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा

लन्डन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समिति’ को बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि

एनआरएनए संरक्षक परिषद् भंग, पाँच दिन भित्र पैसा नबुझाउने एनसीसी पुनर्गठन

उम्मेदवार मनोनयन दर्ता ७ मार्चमा राखिएको छ । यसअघि ४ मार्च निर्धारित गरिएकोमा निर्वाचन समितिले सहमतिका लागि केही दिन सारेको बताइन्छ । लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय

एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार संघको ८२ औं बैठक आगामी बुधवार (मार्च २

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us