
नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्।

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ ।

दोलखाको कटुवाचौर बजारमा आगलागी ९ घर जलेर नष्ट भएको छ ।

कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँने तयारीमा छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक राजनीतिक दलहरूले प्रत्यक्षतर्फ अनिवार्य ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न लागिएको बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीकाे मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।

प्रतिनिधि सभाको बैठक आज बुधबार बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।