६ बुँदे सहमतिपछि एनआरएनए अमेरिकाको विवाद सकियो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको विवाद अन्त्य भएको छ ।

संघका अध्यक्षद्धय कृष्ण लामिछाने र बुद्धी सुवेदीबीच आइतवार ६ बुँदे सहमति गरेर विवाद समाप्त गरिएको संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष सुवेदी सहमतिका आधारमा संस्था संचालन गर्न राजी भए पछि दुवै पक्षबीच सहमति जुटेको हो ।
सहमतिपत्रमा अध्यक्षद्धय सुवेदी र लामिछानेको हस्ताक्षर रहेको छ ।

केन्द्रीय एमआईएस प्रणाली मार्फत सदस्यता वितरण गर्ने, पंजीकृत सदस्य बनाउने प्रकृया तत्काल स्थगन गर्ने, विधान संशोधन गर्ने, सदस्यता शुद्धिकरण गर्ने, समितिहरु आवश्यक अनुसार समायोजन वा पुनर्गठन गर्ने, सहमतिको आधारमा एकता अधिवेशन गर्ने लगायतका विषयमा सहमति जुटेको हो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us