कोभिड सङ्क्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल


कोभिडको सङ्क्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएकोे छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो ।

युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ । सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड सङ्क्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ ।

कोरोनाको दैनिक सङ्क्रमण करिब एक हजारले नै बढी
यसैबीच, भारत बुधबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको संख्या तीन हजार ७१२ ले थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

मङ्गलबार दुई हजार ७४५ लाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार तुलनामा बुधबार कोरोना सङ्क्रमितको संख्या ९६७ बढेको छ । गत २२ दिनअघि कोरोना सङ्क्रमण ३ हजार नाघेको थियो । गएको मे ९ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २०७ पुगेको थियो । त्यसपछि कोरोनाको सङ्क्रमण तीन हजारबाट घटेको थियो ।

हाल यहाँ १९ हजार ५०९ सक्रिय सङ्क्रमित रहेका छन् । यो संख्या कुल सङ्क्रमितको ०.०५ प्रतिशत हो । बुधबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५८४ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख २० हजार ३९४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

भारतले बुधबार चार लाख ४१ हजार ९८९ को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड १३ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

© 2022 All Right Reserved DiasporaNepal