युक्रेनका ४८ लाख बालबालिका बिस्थापित : युनिसेफ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

युक्रेनमा जारी युद्धका कारण त्यहाँका दुई तिहाई बालबालिका बिस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका अनुसार रुसले आक्रमण थालेको ६ हप्ता भित्र करिब दुई तिहाई युक्रेनी बालबालिका आन्तरिक वा बाह्य रुपमा बिस्थापित भएका हुन् ।

संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धमा परेर १४२ बालबालिकाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ । तर मारिने बालबालिकाको संख्या यो भन्दा निकै धेरै हुन सक्ने जनाइएको छ ।

हालै युक्रेनको भ्रमण गरेका युनिसेफका आकश्मिक कार्यक्रम निदेर्शक म्यानुएल फुन्तेनले डेढ महिनाभित्रै ४८ लाख युक्रेनी बालबालिका बिस्थापित भएको बताए । युक्रेनमा बालबालिकाको कुल संख्या ७५ लाखको हाराहारीमा रहेका छन् ।

‘अझै पनि ३२ लाख युक्रेनी बालबालिका आफ्नो घरमै रहेका छन्, त्यसमध्ये आधा पर्याप्त खाद्यन्न नपाउने अवस्थामा छन्’, फुन्तेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई बताए ।

मारिपोल, खेर्सनसहितका शहरको अवस्था थप नाजुक हुन सक्ने चेतावनी उनले दिएका छन् । रुसी घेराबन्दी र आक्रमणको निशानामा रहेका ति शहरमा अत्यावश्यक पानी, खाद्यान्न तथा औषधिसहितका सामग्रीको अभाव छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका लागि युक्रेनी राजदूत सर्गेइ त्रिस्लिट्स्याले रुसले एक लाख २१ हजार भन्दा बढी युक्रेनी बालबालिकालाई लगेको आरोप लगाए ।

रुसले ती बालबालिकालाई लक्षित गरेर ‘एडप्सन’ प्रक्रिया खुकुलो बनाउनका लागि अध्यादेश तयार पारेको उनले बताए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us