अस्ट्रेलियामा अब संसदीय निर्वाचन
Pic : BBC
अस्ट्रेलिया — अस्ट्रेलियामा अर्को महिना मे २१ मा केन्द्रीय संसदीय निर्वाचन हुने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले आइतबार बिहान निर्वाचन मिति घोषणा गरेका हुन् । अस्ट्रेलियामा हरेक ३ वर्षमा केन्द्रीय निर्वाचन हुने गरेको छ । तल्लो सदनका १ सय ५१ सिटका लागि हुने निर्वाचनमा बहुमतको सरकार निर्माणका लागि ७६ सिट ल्याउनुपर्ने हुन्छ । त्यसैगरी माथिल्लो सदनमा सिनेटमा रहेको ७६ सिटमध्ये बहुमत ल्याउनका लागि ४० सिट ल्याउनुपर्ने हुन्छ ।
यसपटकको निर्वाचनमा लेबरले सरकार निर्माण गर्नसक्ने अनुमान गरिएको छ । यदि लिबरले जीत हासिल गरे मरिसनले निरन्तरता पाउनेछन् भने लेबरले जित हासिल गरे दलका नेता एन्थोनी अल्बानिजी प्रधानमन्त्री बन्नेछन् ।
यस वर्षको निर्वाचनमा सिड्नीबाट नेपाली मूलका बिनोद पौडेल समेत सत्तारुढ लिबरल पार्टीबाट संसदमा प्रतिस्पर्धा गर्दैछन् । म्याकाथार निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाइएका उनले विपक्षी दल लेबरका प्रतिनिधि माइक फ्रिल्यान्डरसँग प्रतिस्पर्धा गर्नेछन् ।