अप्रत्यासित रुपमा युक्रेन पुगेका बेलायती प्रधानमन्त्री जोन्सनले किएभमा के–के गरे?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

युद्धग्रस्त युक्रेनको भ्रमण गरेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन् । दुई नेताबीच राजधानी किएभमा भेटवार्ता भएको हो । युक्रेनी नागरिकलाई आफ्नो ऐक्यबद्धा देखाउनका लागि प्रधानमन्त्री जोन्सन किएभ गएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बेलायतले युक्रेनलाई १२० सैन्य सवारी तथा एन्टी–मिसाइल प्रमाणाली दिने भएको जेलेन्स्की–जोन्सन वार्तापछि जानकारी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसले गरिरहेको आक्रमणको क्रममा बेलायतले युक्रेनलाई दिएको साथ र समर्थनका लागि जेलेन्स्कीले धन्यबाद दिएको उनको सचिवालयले जनाएको छ ।

जोन्सन पूर्व जानकारी बिना नै युक्रेन पुगेका हुन् । जेलेन्स्कीसँगको वार्ताको तस्बिर सार्वजनिक भएपछि मात्रै उनी किएभमा रहेको खुलेको थियो । बेलायतस्थित युक्रेनी दूतावासले किएभमा दुई नेताबीच भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको थियो आफ्नो ट्वीटर पोस्ट मार्फत ।

बैठकपछि जारी गरेको वक्तव्यमा जोन्सनले जेलेन्स्कीको नेतृत्व र युक्रेनी नागरिकको असाधारण बहादुरीको प्रशंसा गरेका छन् । बेलायत युक्रेनका साथमा रहेको आफूले जेलेन्स्कीलाई बताएको जोन्सनले उल्लेख गरेका छन् ।

वार्तापछि जेलेन्स्की र जोन्सन किएभको सडकमा सँगै हिँडेर अवस्थाको अवलोकन पनि गरेका थिए। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । हालका दिनमा रुसले आफ्नो आक्रमणको प्रमुख निशाना पूर्वी युक्रेनलाई बनाएको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us